शिखरयात्रा

शिखरयात्रा पराजुलीकाे जीवनगत र साहित्यिक आत्मवृत्त न्तिसमेटिएको महत्वपूर्ण आत्मकथा हो । साहित्य उचाइ चुम्न र जीवनको समृद्धिमा पुग्न एउटा अविश्रान्त यात्रीले गरेका पदचापहरूको सुख दुःखमय सङ्घर्षको कथा हो- शिखरयात्रा । पौने शताब्दी अवधिसम्म साहित्यकार कृष्णप्रसाद पराजुलीले सर्वाङ्गीण शिखरतर्फ पुग्न गरेका अथक परिश्रमको उदाहरणीय सरणीका रुपमा यो शिखरयात्रा रहेको छ । साहित्यसाधनामा निरन्तर लागिपर्ने एक साहित्यकारको जीवनीगत अनुभवर यात्राका उपलब्धिलाई समेत शिखरयात्राले सुन्दर रुपमा प्रस्तुत गरेको छ । कवि, गीतकार, भाषा-व्याकरणकार, साहित्यकार, बालसाहित्यकार र लोकसाहित्यका अन्वेषक कृष्णप्रसाद पराजुली साहित्यकं सङ्घसंस्थाका पनि शिखर पुरुष हुन् । उनको शिखरयात्रा उनकै आत्मवृत्तान्तमा आधारित महत्वपूर्ण आत्मकथा हो ।

प्रा गाेपीकृष्ण शर्मा

Leave a Comment