आँखाभरि सपना मुटुभरि गीत

संस्करणः पहिलो २०२४ (गुराँस प्रकाशन, काठमाडौँ), अन्य २०४१, २०४५, २०४९ (लालीगुराँस प्रकाशन, काठमाडौँ), पाँचौँ २०५२, छैटौँ २०६१, सातौँ २०६५ (सौजन्य प्रकाशन, काठमाडौँ),

आकारः २० ३० , र्‍यापरसहित ।

पृष्ठसङ्ख्याः १२८ ।

कवि कृष्णप्रसाद पराजुलीका फुटकर गीतिकवितामा लयात्मकता र मार्मिकता यथेष्ट छन् । शब्द-सङ्गीतको यस्तो जोड गीतिकविहरूमा प्रायः बिरलै पाइन्छ । काल्पनिक पुट, भावगत मसृणता र मधुरिमामा देवकोटा र घिमिरेका नजिक पराजुली पुगेका छन् । सुन्दर शब्दशøया र भावस्थापना गर्ने कलामा पराजुली अपराजेय छन् ।

—राममणि रिसाल

एकातिर प्रणयरागले मृदुल स्वर छ त अर्कातिर प्रगतिचेत र राष्ट्र ब्यूँझाइएको तीव्रता । कविको मार्मिक हृदयस्पर्शी भावलाई कोमलकान्त पदावलीले शुद्ध भाषामा अभिव्यञ्जित गरेको पाइन्छ । उनका मृदु र कोमलकान्त पदावली बङ्गलाका रवीन्द्रनाथ र हिन्दीका प्रसाद, पन्त र गेयगुणमा महादेवी वर्मासित कुम जोर्न पुगेका छन् ।

—लक्खीदेवी सुन्दास

\’आँखाभरि सपना मुटुभरि गीत मा पाइन्छ कतै बिहानको उज्यालो, कतै जूनको चहक, कतै बर्सातको झरी, कतै प्रीति र सौन्दर्यका सुकुमार भावना र कतै व्ययाका चहन्याउँदा रूप आफ्नैमाटो र पानीमा भिजेर निस्केका यी गीतलेसम्पूर्णतः उज्यालो सपना र भोलिको आशा देखाउँछन् । इदै-इस् अचि बढ्नेप्रेरणा दिन्छन् । यी गीतमा छ नयाँ रह र रेखा, नयाँ भावना र जीवन,अनियहाँगुंजेका छन् नयाँ स्वरहरू !

प्रकाशकीय परिचय

आँखाभरि सपना मुटुभरि गीत अन्तिम बावरण

प्रेम र विरह, माया र ममता, बद्धा र सेवाजस्ता भावनामा तरङ्गित भएका पराजुलीका गीतहरू निकै रसिला, स्वादिला हुँदै आएका कुरा यस सङ्कलनबाट बुझिन्छ । पहिलो कुरा निक्लरा नेपालीपन, दोस्रो सरल र सरस शैली, तेस्रो जीवन-वादी दृष्टिकोण – यिनै तीन विशेषताले पराजुलीका गीत हुँदिएका हुन्छन् । गीतका शब्दचयन हेर्दा सबै नै जस्तो नेपाली बोलीचालीमा आधारित छन् । न झरोंको नाममा क्लिष्ट नेपाली शब्द छन् र न सुन्दरको नाममा कोश पल्टाउनुपर्ने संस्कृत शब्दहरू नै छन् । यसका अतिरिक्त पराजुलीको जीवनवादी दृष्टिकोण छ । कवि जीवनभार नसम्झी एउटा साधन सम्झन्छन् भोलिको रमाइलो साध्यका लागि । \’कर्मण्येवाधिकारस्ते\’ भन्दै कवि आफ्नो बाटो लाग्दै जान्छन् । यसरी हेर्दा पराजुलीका गीत धेरै राम्रा छन् ।

विनय

\’आँखाभरि सपना मुटुभरि गीत\’ (पुस्तक-परिचय).

मधुपर्क २/७, २०२६ मंसिर, पृ० १०१

Leave a Comment