Shailee

कृष्णप्रसाद पराजुलीः जीवनी र व्यक्तित्व

भवनाथ सडौला १. जीवनी १.१ जन्म र परिवार नेपाली साहित्यको संरक्षण, संवर्धन एवं समुन्नतिमा निरन्तर साधनारत स्रष्टाहरूको सूचीमा कृष्णप्रसाद पराजुलीको नाम अग्रस्थानमा लिन सकिन्छ । नेपाली साहित्यमा स्नातकोत्तर नभए पनि त्रि० वि० का मानार्थ सहप्राध्यापकसम्म रही स्नातकोत्तर तहमा नै पठनपाठन …

Read more

आफैँ पढेर विश्वविद्यालय पढाउने एक तपस्वी 

साहित्यकार कृष्णप्रसाद पराजुली नेपाली साहित्यका यशस्वी स्रष्टा तथा लोकप्रिय साहित्यकार हुनुहुन्छ । १९९२ सालमा काभ्रे जिल्लामा जन्मिएर आफ्ना कालजयी कृतिहरूद्वारा अमर,अजर हुनुहुन्छ। गीत-कविता-काव्य, कथा-एकाङ्की, निबन्ध-प्रबन्ध, भाषा-व्याकरण, लोकसाहित्य, बालसाहित्य आदि धेरैजसो विधामा उहाँले आफ्नो रचनाकौशल प्रदर्शन गर्नुभएकाे छ । उहाँ लोकप्रिय …

Read more

यो खोलाको सङ्लो पानी

जीवनमा मैले वरपर हेर्न थालेदेखि नै खोला देखेँ, हिमाल देखेँ, डाँडाकाँडा, बेसीफाँट देखेँ । खोलाको गीत धेरै सानो छँदैमा सुनेको हुँ । म जुन ठाउँमा जन्मेँ, त्यहाँ ठूलठूला खोला नभए पनि ससाना खोला थिए— झिकु र डाँफे । सङ्कल्पमा समेत …

Read more

मनमाया

कृष्णप्राद पराजुली (वि.सं. १९९२-२०७१) आधुनिक कालीन नेपाली साहित्यको विविध विधामा कलम चलाउने समसामयिक धाराका बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । पराजुलीकृत एकमात्र मनमाया महाकाव्य नेपाली साहित्यको महत्तम प्राप्ति हो । कवि आफैँको लामो समयको साधना र मिहिनेतबाट लेखन तथा सम्पादनमा …

Read more

पुस्तक गीत

पुस्तक गीत पुस्तककाे महत्व बोध गराउने किताब हो ।यसमा पुस्तकको के-कस्तो महत्व छ त्यसलाई कवितामा भनिएको छ । पुस्तकले हाम्रो ज्ञान बढाउँछ र हामीलाई सोच्ने विचार गराउने सामर्थ्य दिन्छ । त्यस्तै गरी अन्त्यमा पुस्तक हाम्रो जीवन हाक्ने सारथि हो भनेर …

Read more

अनारमैँया

अनारमैयाँ र इन्द्रकमल दिदीभाइ थिए । उनीहरू खुबै मिल्थे । एक दिन दिदीको बिहे हुन्छ । तीजका बेला घर आउन खोला तर्दा उनीहरू दुवैलाई खोलाले बगाउँछ । के अब उनीहरूको भेट होला त ? जान्नका लागि कथा पढाैं । Anarmaiya …

Read more

सानी चरी

सानी चरी एउटी बालिका र चराको कवितामा भनिएको कथा हो । सानी बालिका चरीलाई खोज्छिन् तर कतै भेट्दिनन् र उनी चरीलाई बोलाई रहन्छिन् ।

राम्रै राम्रा

सुन्दर हिमाल, नीला ताल र छहराहरू कति राम्रा हुन्छन् । अरू के के राम्रा हुन्छन् त ? यो कितापमा नेपालको प्राकृतिक साैन्दर्यका वयान मीठाे कवितामा गरिएको छ ।