लोककथाको फन्को

नेपाली लोकसाहित्यमा लोकगीतपछिको अर्को सशक्त विधा लोककथा हो । लोककथामै लोकगीत-नृत्य, लोकगाथा, लोकनाटक र लोकोक्तिका अंश समेत समाहित हुन पुग्छन् । लोकसाहित्यको यात्रामा लाग्दा आफ्ना लोककथा र त्यससँग निकट सम्बन्ध रहेका केही लेखरचना पनि पत्रपत्रिकामा प्रकाशित भएका छन् भने केही कोरकार भएका छन् । ती सबैलाई बटुलबाटुल गरी सम्पादन गर्दा यो कृति जन्मेको हो ।
लोककथाको फन्कोमा मा सङ्कलित लोकसाहित्यिक विशेषतः लोककथासम्बन्धी रचनाहरू छन् । यी सबै रचना बसिबियाँलो वा फुर्सदका उपज हुन् । कतिपय लेख पत्रपत्रिकाको अनुरोधमा पनि लेखिएका हुन् । संयोग त्यस्तै पर्‍यो, अघिल्ला ग्रन्थ नेपाली लोकगीत तथा उखान र गाउँखाने कथाविषयक थिए, यो कृतिचाहिँ नेपाली लोककथाविषयक हुन पुग्यो । यो कृति ती दुवैभन्दा सानो छ, तर जत्रै भए पनि लोककथा सम्बन्धी चर्चामा उपयोगी होला भन्ने विश्वासचाहिँ छ ।

कृ० प्र० पराजुली

प्रकासकः भृकुटी एकेडेमी पब्लिकेशन

Leave a Comment