पूर्वी पाइला पश्चिमी देशमा


“लेख्न पुगेन? कति लेख्ने ?” आफन्त, शुभचिन्तकहरू भन्छन् ।
“चुप लागेर बस्नै सक्तिन“, लेख्ने बानी बसिसक्यो । त्यसैले सकीनसकी पनि लेखिरहन्छु ।” म जवाफ दिन्छु ।
स्वास्थ्यले पनि साथ नदिइरहने र पहिलेजस्तो गति पनि नहुनाले अब विश्राम लिनुपर्ला भन्ने पनि लागेकै हो । घुम्नफिर्न पनि मलाई असाध्यै मन पर्छ । मेरो साहित्यिक जीवनमा विदेश घुम्ने अवसर कहिल्यै मिलेन । म कामविशेषले र आफूखुसी नेपालका जिल्ला र भारतीय भूभाग भने निकै घुमेको थिए“ । सरकार वा नेताले साहित्यकारहरूलाई घुमाउने उदारता कहिल्यै देखाएनन् । उनीहरूले बरु आफन्त नातेदारलाई प्राथमिकता दिए । तिनले साहित्यस्रष्टाको कहिल्यै वास्ता गरेनन् । नढा“टी भन्दा स्रष्टाहरू प्रायः उपेक्षित नै भए । मजस्ता समाउने हा“गो नभएका र टेक्ने लौरा नलिएका कलमजीवीले विदेश भ्रमणबाट वञ्चित हुनु के अनौठो भयो र !
संयोगले छोराबुहारी अमेरिका पुगेको र मेरो चाहना बुझेको हु“दा उनीहरूकै आमन्त्रणमा पश्चिमी देशको यात्रा गर्ने संयोग मिलेको हो । क्यानडा र बेलायतसमेत गरी मेरो पश्चिमी देशको यात्रा एक पन्थ, तीन काज हुन पुग्यो । संयुक्त राज्य अमेरिकाको यात्रामा प्रस्थान गर्दा काठमाडौ“देखि नै आग्रह आइरह्यो— “अब यात्रा साहित्यको ठेली नै आउने भयो । उपहार त पाउनै पर्छ है ?”
अमेरिका पुगेपछि पनि आग्रह गर्ने सयौ“ भए । त्यसमाथि हामी त क्यानडा र बेलायतसमेत पुगेका हौ“ ।
“लौ त ! भनेर म पनि टिप्तै गएको थिए“ । त्यही टिपोटको सिलसिलाबद्ध कोसेली हो यो यात्रापुस्तक । पचासवटा राज्यको सङ्घीय रूप संयुक्त राज्य अमेरिका न घुमेर सकिन्थ्यो, न यहा“को सबै वmुरो बुझेर बुझ्ने समय नै पुग्थ्यो । क्यानडा पनि ठूलै रहेछ । बेलायत त उहिलेदेखिको नामी राष्ट्र नै हो । हामीलाई तारतम्यले तीन मुलुक घुमायो । त्यसैले मैले काठमाडौ“देखि काठमाडौ“ फवर्mुन्जेलका यात्राका अनुभव र अनुभूतिलाई यस कृतिका अक्षरमालामा
उनेको छु ।
पाठकहरूले प्रस्तुत वृmति पूर्वी पाइला पश्चिमी देशमालाई पनि अरू वृmतिहरूलाई जस्तै रुचाइदिनुभए मलाई सन्तोष हुनेछ ।
यो वृmति पश्चिम देशकै यात्राको परिणाम हो । लेख्ता मलाई आवश्यक सघाउपघाउ गर्ने शाश्वत, विजया तथा नातिनातिना विभूषा र शुभांशुसमेतलाई स्नेहाशिष् ।
प्रस्तुत पुस्तक लेख्दै जा“दा आफूले पनि अध्ययन गरेको छु । अमेरिकाको सम्झना गा“सेर लेखिएका कतिपय वृmतिले मेरो स्मृतिलाई जगाइदिएका छन् । अतः ती वृmति र तिनका वृmतिकारलाई पनि सम्झनामा सा“चेर साधुवाद जनाउ“छु । लौ त, यस्तै साइत जुर्‍यो । यो यात्रासंस्मरण तपाईंहरूका हातमा सुम्पन्छु ।

ललितपुर कृ० प्र० पराजुली
२०६९ असार १

Leave a Comment