आकास माटोमाथि

संस्करणः पहिलो २०६५,

प्रकाशकः कृष्ण साहित्य सदन, ललितपुर,

आकारः डिमाई

पृष्ठसङ्ख्या २४० ।

‘बादलका बुट्टाहरू’ (२०४५) मा सङ्ग्रह हुन नसकेका र त्यसपछिका कविताहरूको सङ्कलन हो— आकाश माटोमाथि । छन्दोबद्ध कविता, समस्यापूर्ति र मुक्तक कविता, गद्यलयात्मक कविता, गीतिकविता र अनूदित गरी जम्माजम्मी पाँच अध्यायमा सङ्ग्रह बाँडिएको छ । सरल भाषा, संक्षिप्त शैली, सरस, संवेदित र सम्पे्रष्य कविता प्रस्तुत सङ्ग्रहका प्राप्ति हुन् । विविध भाषामा गरिएको अनुवादले पनि विशेष महत्त्व राख्छ नै । — यादव भट्टराई

यो विशाल आकाश हरेक व्यक्तिको सुन्दर परिकल्पनामा आउने एउटा अनौठो रहस्य पनि हो । जमिन, पानी, हिमाल, पहाड, तराई सबैमाथि व्याप्त छ आकाश र धर्तीमा माटो अनि पानी छ र आकाशको अस्तित्व खुल्दछ । यी दुवैको सहअस्तित्वको प्रतीकलाई मिलाएर साहित्यकार कृष्णप्रसाद पराजुलीले कवितासङ्ग्रह प्रकाशन गर्नुभएको छ— आकाश माटोमाथि । —लक्ष्मी खतिवडा

Leave a Comment