इन्द्रिनी

एकाङ्कीको इन्द्रिनी
यस वर्षको शरदमा ‘इन्द्रिनी’ लिएर आएको छु । इन्द्रिनीमा एकाङ्कीहरू सङ्कलित छन् । इन्द्रिनीमा सङ्कलित एकाङ्कीहरू धेरै वर्षको अन्तरालमा लेखिएका छन् । २०१० सालको दशकमै मैले एकाङ्की लेख्न सुरु गरेको हुँ । त्यतिखेर लेखिएका दुई एकाङ्की, २०३० तिर लेखिएका दुई एकाङ्की र हालसालै लेखिएका तीन एकाङ्की गरी सातवटा एकाङ्कीको यो ‘इन्द्रिनी’ प्रस्तुत छ । यी एकाङ्कीहरूमा ‘कान्छो घर्ती छिँडीमा’, ‘जागरण’, ‘भविष्यका तारा’ र ‘आजको ताजा खबर’ चारवटा मञ्चित पनि भइसकेका छन् । एकाङ्कीमा विषयवस्तु अधिकतर किशोर तथा नवयुवकहरूलाई उपयोगी हुने गरी समाविष्ट छन् ।
‘इन्द्रिनी’लाई पुस्तकको आकार दिऊँ भन्ने लाग्यो । आफन्तहरूको जोड पनि भयो । यतिखेर झरीपछि आकाश खुलेझैँ भएको छ र यो ‘इन्द्रिनी’ तपाईंहरूसमक्ष आएको छ । बाँकी ‘इन्द्रिनी’ ले नै देखाउनेछ ।

कृ० प्र० पराजुली
२०५८ असोज २५

Leave a Comment