भाषाको माया

प्रकाशक रत्न पुस्तक

काठमाडौं ।

पृष्ठसंख्या १८४+८, आकार डबल

डिमाई।

प्रकाशन २०४४

भण्डार,

भाषाको आवश्यकता, उपादेयता र नेपाली भाषाको माध्यम तथा यसक

स्थानबारे \’भाषाको माया\’ मा प्रकाश पारिएको छ । नेपाली भाषा शिष्ट तथा

ग्रामीण रूप मा लिखित रूपमा प्रयोग गरिने स्तरीय मानक भाषा र बोलिने

प्रचलित नेपाली भाषाको चर्चा गरिएको छ । नेपालबाहिर नेपाली भाषा\’ को प्रयोग

र प्रचलनको सर्वेक्षण यस लेखमा भएको छ \’शैक्षिक तहमा भाषिक अभिव्यक्ति\’ को

महत्व ज्ञातव्य छ र नेपाली साहित्यिक पत्रिका\’ हरूको ऐतिहासिक विवरण

उपयोगी भएको छ। प्रचार प्रसारका माध्यममा भाषाको प्रयोग\’ नभन्दै नितान्त

विचारणीय छ, एउटै भाषा सर्वत्र समान रूपले प्रभावशाली हुँदैन। \’बाल-

साहित्यको लेखन र भाषा मा मनोवैज्ञानिक आधार अपेक्षित छ र भाषा-

प्रयोगमा सतर्क हुनु आवश्यक छ भन्ने स्वाभाविक कथन निर्विवाद छ ।

\’शब्दप्रयोग कति आफ्ना कति बिराना\’ ?, \’नेपाली नामकरण\’ र नेपाली क्रियाको,

प्रयोगमा हिन्दीको प्रभाव\’ तथा \’नेपाली टुक्काको अध्ययन तथा विश्लेषण\’ शीर्षक

रचनाहरूमा विषयानुरूप सोदाहरण विश्लेषण गरी राम्ररी पगैलिएको छ ।

\’भाषिक व्यवस्था र एकरूपता\’, \’सन्दर्भ वर्णविन्यासको, कुरा नोटको\’, \’नेपाली

विशेषणका केही बान्की\’, \’वाक्यका आफ्ना पन र प्रयोग\’, \’सम्पादन र भाषिक पक्ष\’

तथा \’सबैका लागि पुस्तक\’ शीर्षक रचनाहरू पठनीय, मननीय र उपादेय

भएका छन् ।

यसरी प्रस्तुत पुस्तकमा सङ्कलित सत्रवटा भाषिक रचनाहरू अत्यन्त उप-

योगी भएका छन् । सबै रचना चिन्तनप्रधान, सर्वेक्षणमूलक र व्याख्या विश्लेषणपरक

हुन आएका छन् । तुलनामा संयमसित सन्तुलन राखिएको छ । भाषाको माध्यमबाट

दैनिक व्यवहारका समग्रतालाई समेट्न खोजिएको छ । भाषिक क्षेत्रमा प्रायोगिक

पक्षको रहस्य उद्घाटन गर्ने सफल प्रयास यसमा गरिएको छ ।

डा० डिल्लीराम तिमसिना

\’दृष्टिकोण\’, भाषाको माया

\’भाषाको माया\’ साहित्यकार कृष्णप्रसाद पराजुलीका भाषिक अनुसन्धा-

नात्मक लेखहरूको सङ्कलन हो । यसमा पत्रपत्रिकामा प्रकाशित र केही नयाँ समेत गरी

सत्रवटा लेख समाविष्ट छन् । सम्बद्ध सबै लेख खोजं अन्वेषणले चहकिएका तथा

नेपाली भाषाको गरिमालाई बढाउने खालका छन् । नेपाली भाषा साहित्यको क्षेत्रमा

निकै लामो समयदेखि सृजनशील तथा साधनारत पराजुलीलाई प्रस्तुत अनुसन्धा-

नात्मक भाषिक कृतिले नेपाली भाषाको मर्मवेत्ताका रूपमा प्रतिष्ठापित गरेको छ ।

. विद्वान् लेखकले प्रस्तुत सङ्कलनमा नेपाली भाषाको आफ्नो पन, प्रयोग तथा

व्यवहारप्रति अत्यन्त तीव्र दृष्टि दिएको पाइन्छ । यसमा नेपाली भाषाको परिष्कृत

रूप कस्तो हुनुपर्छ, नेपालबाहिर नेपाली भाषाको कस्तो स्थिति छ, शैक्षिक तहमा

भाषिक अभिव्यक्तिमा ध्यान दिनपर्ने कुरा के हुन्, साहित्यिक पत्रिकाका स्थिति र

स्थायित्वका कुरा के-कस्ता छन्, बालसाहित्यका लागि के कस्तो भाषा चाहिन्छ,

प्रचार प्रसारको भाषामा ध्यान पुयाउनुपर्ने कुरा के हुन सक्दछन्, नेपाली टुक्काको

उपयोगिता के हो, नेपाली शब्द, वाक्य र शैलीको प्रयोग कुन रूपमा स्वीकार्य हुन्छ

आदि विभिन्न आधारभूत आवश्यकतालाई दृष्टिगत गरेर भाषाशास्त्री तथा विद्वान्-

हरूका धारणा उल्लेख गर्दे तर्कपूर्ण निष्कर्षसमेत दिइएको छ । यसरी एकातर्फ

लेखकको शोधखोजप्रतिको निष्ठा तथा खारिएको भाषाशैली पाएर यो कृति आफ्ना

विषयको राम्रो कृति भएको छ भने अर्कातिर्फ भाषिक संज्ञान, प्रयोग तथा अध्ययनका

GRE

दृष्टिले यसको महत्त्व र उपयोगिता अझ बढेको छ । नेपाली भाषा, नेपाली रचना-

मूलक व्याकरण र नेपाली पुस्तक-सम्पादनका त्रिपक्षीय विषय सन्दर्भलाई लिएर

स्वस्थ चिन्तन तथा अनुभवपूर्ण दृष्टि राखिएको प्रस्तुत पुस्तक नेपाली भाषा र

साहित्यमा चासो लिने सबैका लागि सङ्ग्रहणीय हुन पुगेको छ ।

गोरखापत्र

शनिवासरीय परिशिष्टाङ्क, २०४५ वैशाख ४

मानिसलाई पशुजगत्बाट भिन्न गराउने प्रमुख चीजमध्ये भाषा शीर्षस्थ

स्थानमा छ । ज्ञान र विज्ञानका अनन्त सम्भावना र जातीय जीवनको समग्रताले

भाषाकै कोखबाट जन्म पाउँछन् । जुनसुकै देशको अनुहार त्यसको भाषामा हेर्न

सकिन्छ । देशवासीको जिउँदो माया नपाएको भाषा झाङ्गिन र आकाश छुन

सक्तैन । लामो समयदेखि आफ्नै किसिमले नेपाली भाषाको सेवा र साधनामा

समर्पित वाङ्मयसाधक कृष्णप्रसाद पराजुलीको योगदान भाषा र व्याकरणमा मात्र

होइन कथा, कविता, बालसाहित्य र निबन्ध आदि विभिन्न विधामा पनि छरिएको

छ । भर्खरै प्रकाशित उहाँको \’भाषाको माया नेपाली भाषासम्बन्धी खोजपूर्ण र

वस्तुगत तथ्यको सरल र सरस शैलीमा चर्चा गरिएको १७ वटा भाषिक लेखहरूको

सँगालो हो । नेपाली भाषाका नितान्त विचारणीय पक्षहरूमाथि चिन्तन र सर्वेक्षण-

मा आधारित व्याख्या र विश्लेषणले गर्दा प्रस्तुत कृति महत्वपूर्ण भएको छ

लेखकले पूर्व

कथनमा भन्नुभएझैं \”भाषिक दृष्टिमा नेपाली भाषाका केही मूलभूत

आवश्यकता के हुन्, भाषाप्रतिको राष्ट्रिय तथा जातीय दायित्व के हो र यसप्रति

सचेत रहनुपर्ने कुरा केके हुन्\” भन्ने कुरा राम्रोसँग देखाउने प्रयास प्रस्तुत कृतिमा

गरिएको छ । यसैले यो पुस्तक नेपाली भाषाप्रति जिज्ञासा राख्ने सामान्य पाठक-

देखि विद्यार्थी र खोजकर्ताहरू समेतलाई विशेष उपयोगी देखिन्छ । डा० डिल्लीराम

तिमसिनाको प्रस्तुत \”कृतिले नेपाली संसारमा समुचित आदर पाउला भन्ने आशा र

भरोसा गरिन्छ\” भन्ने भनाइसँग सहमत हुन सकिन्छ ।

सञ्जय

गरिमा, पूर्णाङ्क ६८, २०४५ धावण, पृ० १०८-९

भाषा व्यक्ति मनको भाव व्यक्त गर्ने विशिष्ट साधन हो । भाषाको विकास-

बिना अन्य भौतिक कुराको विकास हुनु असम्भवप्रायः हुन्छ । मान्छेको मानसिक

संस्कारलाई प्रखर बनाउन भाषाले विशिष्ट ठाउँ ओगटेको हुन्छ । मस्तिष्क उर्वर

भए मात्र अन्य भौतिक वस्तुहरूको विकास र विस्तार सम्भव हुन्छ । जुनसुकै

दृष्टिले हेरे पनि भाषाको महत्वलाई पन्छाउन सकिँदैन । यस्तै कारणले गर्दा नै

होला विश्वका सम्पन्न भनिने मुलुकबाहेक पनि नेपालजस्ता विभिन्न किसिमले

पछाडि परेका देशहरूले आ-आफ्ना भाषाहरूको संरक्षण, संवर्धन आदिका लागि

महत्त्वपूर्ण कामहरू गरेको देखिन्छ । नेपालमा प्रचलित भाषाहरूमा नेपालीको

ठाउँ विभिन्न कारणले महत्त्वपूर्ण छ । यो भाषा अधिकांश नेपालीहरूको मातृ-

भाषा, सम्पर्कभाषा, शिक्षाको माध्यम भाषा मात्र नभएर नेपालको एक मात्र

स्वीकृत राष्ट्रभाषा पनि हो । नेपालमा नेपाली भाषाको महत्त्व र खाँचोलाई

हेर्दा यस भाषालाई जुन किसिमले अध्ययन अनुसन्धानद्वारा परिष्कार गर्दै विकसित

पार्नुपर्ने हो त्यो हुन सकेको देखिदैन । नेपाली भाषामा उपयुक्त किसिमको

व्याकरणको निर्माण नहुनु, समयसुहाउँदो विविध विषयको शब्दकोष नहुनु

जस्ता कुराबाट एक किसिमको अलमलको स्थिति कायमै रहेको छ । यसै मेसोमा

नेपालका नाउँ चलेका कवि लेखक कृष्णप्रसाद पराजुलीको \’भाषाको माया\’

नाउँको कृति देखा परेको छ । नेपाली भाषा र साहित्यसम्बन्धी १७ वटा

लेखहरू भएको यस कृतिमा मूलतः नेपाली भाषाका विविध समस्या र अप्ठ्याराका

सम्बन्धमा विचार प्रकट भएको छ ।

\’भाषाको माया\’ शीर्षक पहिलो लेखमा भाषाको चिनारी गराउँदै नेपाली

भाषाका बारेमा महाकवि देवकोटा, पुष्करशमशेर, बालकृष्ण सम आदिका मार्मिक

अभिव्यक्ति प्रस्तुत गर्दै नेपाली भाषाको स्थान निर्धारण गरिएको छ। \’प्रचार प्रसार-

का माध्यममा भाषाको प्रयोग\’, \’नेपाली क्रियाको प्रयोगमा हिन्दीको प्रभाव,\’ शब्द-

प्रयोग : कति आफ्ना कति बिराना ?\’ र \’नेपाली नामकरण\’ शीर्षक लेखहरूमा नेपाली

भाषामाथि हिन्दी, अङ्ग्रेजीजस्ता विदेशी भाषाले गरेको थिचोमिचोलाई देखाउँदै

नेपाली भाषाको निजी वैशिष्टपलाई जोगाएर लगी भोलि गर्नुपर्ने कुरामा जोड

दिइएको छ । साँच्चै नै आयातीत तथाकथित आधुनिक संस्कृतिमा रङ्गिन खोज्ने

हरूले नेपालीलाई \’दासभाषा\’ जस्तै बनाउने कुचेष्टा गरिरहेका छन्, त्यस्ताले नेपाली

जातिको गौरवलाई नै मेट्न तम्सिरहेका छन् । यस्ता कुत्सित व्यक्तिहरूबाट अपहेलित

भए पनि नेपाली भाषा असंख्य नेपालीहरूको प्रिय भाषा भइ नै रहनेछ भन्नेमा

शङ्का छैन । नेपालीको मौलिक स्वरूपलाई कायम राख्न विदेशी भाषाका शब्दहरू

जथाभावीसँग राख्नुभन्दा जनजीवनमा प्रचलित शब्द राख्नु नै बेस हुन्छ ।

नेपाल राष्ट्र बैङ्कले प्रचलनमा ल्याएका नोटहरूका वर्णविन्यासमा एकरूपता

(रूपैयाँ-रुपैयाँ, तुरुन्त-तुरन्त आदि) पाइँदैन । मुद्राजस्तो राष्ट्रको महत्त्वपूर्ण वस्तुमा

भाषा र वर्णविन्यास जथाभावीसँग प्रयोग गरिनु लाजमर्दो कुरा हो, आफ्नो भाषाको

महत्वलाई बैङ्कजस्ता संस्थाहरूले पनि राम्रोसँग बुझ्नुपर्छ भन्ने कुरा सन्दर्भ वर्ण-

विन्यासको कुरा नोटको\’ शीर्षक लेखमा व्यक्त भएको छ । \’नेपाली टुक्काको अध्ययन

तथा विश्लेषण\’ नाउँको २५ पृष्ठको लेखमा नेपाली टुक्कालाई उदाहरणसहित

विश्लेषण गरिएको छ । झलक्क हेर्दा टुक्काको रूप सानो देखिए पनि भाव-

सम्प्रेषणका दृष्टिले निकै महत्वपूर्ण हुन्छ भन्ने जस्ता कुरालाई विभिन्न लेखकका

रचनाबाट उद्धृत गरेर स्पष्ट पारिएको छ ।

\’नेपाली विशेषणका केही बान्की\’ शीर्षक लेखमा नेपालीमा प्रचलित

विशेषणका अनेक रूप र अवस्थालाई उदाहरण दिएर खुलस्त पार्न खोजिएको छ ।

प्रत्यय लागेर बनेको विशेषणको रूपलाई देखाइए पनि प्रकृति (मूल रूप ) को भने

चर्चा गरिएको छैन, जस्तै :- अक्कड प्रत्यय लागेर पियक्कड र अडी प्रत्ययबाट

गँजडी शब्द बन्यो । तर यस्ता शब्दको मूल कस्तो थियो र प्रत्यय लागेपछि खास

परिवर्तन भयो कि भएन ? भन्ने जस्ता कुरालाई लेखकले देखाएको भए लेखको

महत्त्व अझ बढ्न जान्थ्यो ।

..यस कृतिका अधिकांश लेखहरू विभिन्न पत्रपत्रिकामा पहिले छापिएका

भए पनि छात्रवर्ग र नेपाली भाषाका बारेमा आफ्नो ज्ञान बढाउन खोज्ने जोसुकै

निम्ति पनि प्रस्तुत कृति पठनीय छ । यस्तो उपयोगी कृतिनिम्ति लेखकंलाई साधुवाद

दिनै पर्दछ ।

रघु घिमिरे

\’कृति-समीक्षा\’, रचना २५/१, २०४५ असोज कात्तिक, पृ० ४९-५१

नेपाली भाषा-साहित्यका दीर्घ साधक कृष्णप्रसाद पराजुलीको भाषाको

माया\’ नेपाली भाषामा प्रकाशित महत्त्वपूर्ण भाषिक ग्रन्थ हो । यसमा नेपाली

भाषाका विभिन्न सन्दर्भलाई लिएर अध्ययन तथा चिन्तनपरक रूपमा लेखिएका

सत्रवटा लेखहरू रहेका छन् । पुस्तकको नामकरण पहिलो शीर्षक \’भाषाको माया\’

का आधारमा गरिएको छ तथा सबै लेख भाषाको मायाकै सन्दर्भलाई समेट्न सक्षम

छन् र यस रूपमा सिङ्गै पुस्तक भाषाको मायाको सङ्गति शृङ्खलाका रूपमा देखा

परेको छ। नेपाली भाषाको व्यापक परिवेशलाई हेर्दै यस भाषाका विभिन्न तहमा

देखिएका राम्रा-नराम्रा पक्षबारे सोच्नु र नित्य नयाँ क्रियाकलापतर्फ उन्मुख हुनुपर्ने

तथ्य औँल्याइएको प्रस्तुत कृतिमा नेपाली भाषाका विभिन्न पक्षको तुलनात्मक तथा

गम्भीर विवेचना-विश्लेषण भएको छ। \’भाषाको माया\’ मा भाषाको आवश्यकता,

उपयोगिता र नेपाली भाषाको माध्यम एवं स्थानबारे प्रशस्त प्रकाश पारिएको छ

र प्रस्तुत कृति आफ्ना विषयको उल्लेख्य ग्रन्थ बन्न गएको छ । परिशिष्टमा रहेको

प्रमुख सन्दर्भसूचीबाट पनि प्रस्तुत कृतिमा लेखकद्वारा भएको श्रम र साधनाको

अनुमान गर्न सकिन्छ ।

\’भाषाको माया\’ मा लेखकको \’पूर्वकथन\’ ले यसको संरचनात्मक पृष्ठभूमिको

बोध गराउँछ भने डा० डिल्लीराम तिमसिनाको \’दृष्टिकोणले\’ले थोरैमा पनि

पुस्तकको गरिमालाई धेरै छुन सकेको छ । प्रस्तुत कृतिले नेपालीमा संसार प्रशस्त

आदत पाउने विश्वास लिन सकिन्छ र नेपाली भाषालाई सर्वगुणसम्पन्न बनाउन चाहने

यस्तो महत्त्वपूर्ण कृतिका निम्ति लेखक पराजुलीको हृदयतः प्रशंसा गर्नुपर्ने हुन्छ ।

शर्मा

\’नयाँ कृति : भाषाको माया\’, भन्ज्याङ १/१, २०४५

Leave a Comment