नेपाली अध्ययन तथा अभिव्यक्ति

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”]

साहित्य सम्बन्धी सैद्धान्तिक तथा विवेचनात्मक पुस्तकहरूको नेपालीमा ठूलो खाँचो छ । यस खाँचोको पूर्ति गर्न केही विद्वान्हरू विश्चय नै तम्सनुभएको छ तापनि ती नगण्य जमर्काहरूले यस अभावको ठूलो खाडललाई पुर्न भने अझै सकेका छैनन् । जबसम्म साहित्यको विवेचना गर्न सिकाउने र अध्ययन पद्धतिको मार्गनिर्देशन गर्ने गतिला पुस्तकहरूको कमी हुन्छ तबसम्म पाठकहरूले त राम्ररी आफ्ना सीमित ज्ञानहरूलाई तम्काउन सक्तैनन् भने विद्यार्थीहरूको झन् के कुरा ! त्यसैले अध्ययन तथा अभिव्यक्तिका पद्धति सिकाउने पुस्तकहरूको हामीले स्वागत गर्ने बेला छ । यिनै अभावहरूलाई पूरा गर्ने उद्देश्य बोकेर हाम्रा सामु कृष्णप्रसाद पराजुलीज्यूको यो पुस्तक आएको छ । अध्ययन पद्धतिलाई सुगम र सुदीप्त बनाउन सोने साहित्यका पाठकहरूलाई अत्यधिक आवश्यक बाटाहरू बनाउन सक्षम यस पुस्तकले पूर्णताको क्षितिज छुन खोजेको छ । पुस्तकमा दिइएका उदाहरण भी कुनै सीमाभित्रका हुन्, विवेचनात्मक सिद्धान्तले सम्पूर्णता ओगट्न खोजेका छन् । यसरी यो पुस्तक अध्ययनका मौलिक र आधारभूत नियम र तरीकाहरूको पर्याप्त जानकारी दिन सफल भएको छ भन्ने कुरा निविबाद साबित हुन्छ । छ विषयका साथसाथै कुनै कुरालाई राम्ररी अभिव्यक्त गर्न सीप र कला चाहिन्छ। सफलतापूर्वक अभिव्यक्ति दिन सक्ने सीप शैली हो । भाषाज्ञान र प्रयोग-चातुर्यबाट नै सरल औं सरस शैलीको अधिपति हुने अधिकार मिल्छ। कृष्णप्रसाद पराजुलीज्यूले भने त्यो अधिकार हत्याइसक्नुभएको रहेछ । कवि पराजुली लेखक पराजुली हुँदा कवि पराजुलीको कवितात्मक पनि सँगै गएमै लाग्छ मुटु छुने भाषाको यो एउटा उदाहरण हेर्नोस्— \”यो बर्सातमा, बाफिएर पनि आशा र उत्साहका साथ नेपाली अध्ययन सुम्पैर्द छु । अहिलेको पानीले हजारौँहजार सयपत्रीहरू फुलाएछ भने म पनि सफलताको फूलपाती पाउने नै छु ।\” साहित्यको अनन्त लामो यात्रामा कम्मर कसेर अघि बढिरहनुभएका कृष्ण प्रसाद पराजुलीको सहनी गर्नुपर्छ र यस्ता डायोगी पुस्तकहरूको अरु आशा पनि रास्नुपर्छ । वासुदेव शर्मा \’तीन पुस्तक मोटामोटी छलफल, नेरावि ८, २०२७ हिउँद पृ० ३६-३९ यो पुस्तकले एकता शिक्षकलाई शिक्षा दिदा कुन-कुन उपाय अवलम्बन गरे शिक्षा रोचक तथा उपादेव हुन्छ सो वर्णन गर्छ, दोस्रो विद्यार्थी अध्ययन गर्दा कुन मार्ग अवलम्बन गरे पढेको विषय राम्ररी जान्न सक्छ त्यसको यसमा विवेचना गरिएको छ । नेपाली साहित्यका अध्यापनका दृष्टिले यो लेखिएको भए तापनि यसमा छलफल गरिएको अध्ययन-पद्धति अलिकता पपघट गर्दा अरू साहित्य तथा विषयसमेतका अध्ययनका निम्ति उपयुक्त ठहरिनेछ । सूर्यविक्रम ज्ञवाली \’स्वागतयोग्य सुन्दर पुस्तक\’, नेपाली अध्ययन तथा अभिव्यक्ति दो० सं० २०४० यस पुस्तकमा विषयको प्रतिपादन र प्रस्तुतीकरण शैक्षिक प्रयोजनलाई ध्यानमा राखी व्यावहारिक ढङ्गमा र स्पष्टताका साथ गरिएको छ । बोध र अभिव्यक्तिसँग गाँसिएका विभिन्न विषयहरूको सैद्धान्तिक परिचयका साथै प्रशस्त उदाहरणसमेत दिइएकाले पुस्तकको उपयोगिता निकै बढेको छ । युद्ध भाषा र मीठो शैलीमा लेखिएको यो पुस्तक आधुनिक ढङ्गमा सम्बद्ध विषयको ज्ञान गराउन सक्षम छ।

अनिवार्य नेपालीको प्रवीणता प्रमाणपत्र तह र बी० ए० तहका विद्यार्थीहरुका निम्ति यो पुस्तक ज्यादै उपयोगी छ ।

प्रा० मोहनराज शर्मा

त्रि० वि० सूचना विभागमा प्रस्तुत पुस्तक समीक्षा\’, २०४३

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]

Leave a Comment