पन्ध्र तारा र नेपाली साहित्य

देश र संस्कृतिको मौलिकता, विकास र संरक्षण तथा भाषा र साहित्यको अभिवृद्धि नै राष्ट्रियताका मूल आधार हुन् । संसारमा भइरहेका विकास र प्रगतिका हलचलबाट हामी पछि पर्न चाहँदैनो यिनै वास्तविकतालाई ध्यानमा राखेर आफ्नो पन, राष्ट्र र राष्ट्रियतालाई अक्षुण्ण एवं सुदृढ पार्दे नेपाल र नेपालीलाई प्रगतिको शिखरमा पुयाउनु आजको ठूलो आवश्यकता, माग र दायित्व हो । माथिका सन्दर्भमा सं० २००८ सालदेखि नेपाल राष्ट्रिय विद्यापीठले शिक्षाका क्षेत्रमा गरेको सेवा र योगदान सबैसामु छर्लङ्ग भएकै छ । विद्यापीठबाट शिक्षा, साहित्य र संस्कृतिको उन्नतिमा उच्चस्तरीय तथा राष्ट्रिय किसिमका पुस्तकहरूको प्रकाशन गर्ने लक्ष्य पनि छ । त्यसै लक्ष्यपूर्तिको यो एउटा र पहिलो पुष्प हो । नेपाली साहित्यमा जीवनी र रचनासहित प्रमुख साहित्यकारको परिचय दिने तथा साहित्यको संक्षिप्त ज्ञान गराउने राम्रो पुस्तकको अभाव थियो । यसबाट अध्येता, जिज्ञासु र प्रवेशिका स्तरका विद्यार्थीहरूका निम्ति जुन बाधा र मर्का पर्न गएको छ त्यो सम्बन्धित सबैलाई थाहा भएकै हो । प्रस्तुत पुस्तकले यस आवश्यकता साई पर्याप्त रूपमा पूरा गरेको छ भन्ने कुरामा म विश्वस्त छु । श्री कृष्णप्रसाद पराजुली नेपाली साहित्यका स्वयं एउटा उज्ज्वल तारा हुनुहुन्छ । उहाँको लेखनकुशलता, प्रतिभा, इमानदार व्यक्तित्व र लगनशीलता प्रशंशनीय छन् । विद्यापीठको त उहाँ एउटा प्रमुख व्यक्ति नै हुनुहुन्छ । \’पन्ध्र तारा र नेपाली साहित्य आकारमा उति ठूलो नहोस्, परन्तु आफ्नो विषय र रूपमा पूर्ण छ । यसका योग्य लेखक पराजुलीज्यूले मेहनतपूर्वक यस्तो पुस्तक नेपाली साहित्यमा अर्को एउटा प्रशंसनीय काम गर्नुभएको छ। अनुभवपूर्ण सार, स्वस्थ दृष्टिकोण, गहिराइ र प्रस्तुतीकरणको मिठास तथा नवीनताले गर्दा राजुली- यो पुस्तक अत्यन्त सुन्दर र उपयोगी हुनगएको छ । विद्यापीठको लक्ष्य र ज्यूको यो प्रयास निश्चय सफल होला भन्ने बाशा राख्दै संस्थाको साहित्यिक अभियानको मङ्गलाचरण गरिदिने यसका लेखक पराजुलीज्यूप्रति म हार्दिक धन्यवाद र शुभकामना प्रकट गर्छु।

जीवनेश्वर मिश्र

रजिस्ट्रार जे० स० वि०

\’प्रकाशनका तर्फबाट\’, पन्ध्र तारा र नेपाली साहित्य, २०२४

२०२४ मा कृष्णप्रसाद पराजुलीको \’पन्ध्र तारा\’ प्रकाशित भयो । यसमा माध्यमिक र आधुनिक कालका १५ कविहरूको जीवनी र तिनको समीक्षात्मक अध्ययन प्रस्तुत गरिएको छ । परिशिष्ट रूपमा नेपाली साहित्यको संक्षिप्त इतिहास\’ को चर्चा भएकाले यसलाई पनि सुपुस्तिका भन्न सकिन्छ । कालविभाजनमा सुधार गरी केही वैज्ञानिकता ल्याउने चेष्टा गरिएको छ ।

केशवप्रसाद उपाध्याय

\’नेपाली साहित्यको इतिहासको इतिहास\’,

मधुपर्क ८/७, २०३२ मङ्सिर, पृ० ९६

नेपाली साहित्यका पन्ध्र जना महारथीहरूको अत्यन्त रोचक शैली र असाध्यै सरल भाषामा लेखिएको यो पुस्तक नेपाली जान्ने सबै पाठकहरुका निम्ति औधी उपयोगी छ ।

साझा प्रकाशन

पुस्तकहरुको पुस्तक, २०३९, १० ७७

\”Pandhra Tara Ra Nepali Sahitya (Fifteen Stars and Nepali literature) by Krishna Prasad Parajuli are some other notable works in this genre.

Nagendra Sharma

Nepali Literature Nutshell, 1983, Pg. 53

Leave a Comment