सय थुंगा फूल

\’सय थुंगा फूल\’ मुक्तकको सँगालो हो। जीवनका घाम छाया, आशा-निराशा, विद्रोह-बिलौना आदि विनमा सजीव भएका छन् । मार्मिक र तीखा अनुभूतिले पूर्ण की मुक्तकले मुटुलाई गहिरोसित सुन्छन्, हल्लाउँछन् र छाप पार्छन् । अनि कस्तै विषादका अँधेरीमा पनि नयाँ उज्यालो सन्देश र जीवन दिन्छन् ।

प्रकाशकीय परिचय

सय थुंगा फूल, अन्तिम आवरण

दिनको कुनै अर्थ हुँदैन जब हिमालमा घाम आउँदैन

वनको हुँदैन जब मूल्य र मान पाउँदैन

यहाँका निर्माण पनि सब निरर्थक हुनेछन्-

जब साँचो कविले मुटुमा लेखेको गीत यहाँ गाउँदैन

कवि पराजुलीज्यूले पनि आफ्नो मुटुबाट मुक्त भई फलेका सब चुंगालाई सँगाली एक ढक्की मुक्तक पाठकसामु राखिदिनुभएको छ, जसमा जीवनका आशा- निराशा, आवेग-संवेग, मान्छेका कोमलता र विवशता मुटु छुने गरी व्यक्त भएका छन् । मुक्तक यसै पनि काव्यको छरितो, स्वादिलो र प्रभावकारी स्वरूप हो, त्यस माथि धेरै वर्षको साहित्य-साधनाले तिखारिएको पराजुलीको कलमबाट व्यक्त यस भित्रका अधिकांश मुक्तकहरूमा शब्दसंयोजन र भावगुम्फन दुवैको चित्ताकर्षक समन्वय भएको छ। अनुभव र भावका मसिना रेखाहरूले पनि साधनाशील कलमको स्पर्श पाएमा कति सजीवतासाथ मूर्त हुन्छन्- तिमीलाई पाउनु बिराम थियो भने वंशाव आउनु हुँदैनथ्यो मेरो मुस्कुराउनु विराम थियो भने जून उदाउनु हुँदैनथ्यो । किन दोभान भएर भुमरी खेल्न दियौ यो छातीमा सपना आउनु बिराम थियो भने गीत गुंजाउनु हुँदैनथ्यो !

धूलो भए पनि सिन्दूर भएर उठ्नेछ यो माटो

काँढा भए पनि पन्छाई, फूल भएर ढाकिनेछ यो बाटो

सुतेका नसम्झ पहाड, वन, फाँट र खोलाहरुलाई

यी गुंज्नेछन् तीखा स्वर लिएर मधुर सिर्जनाको !

सुखबाट छुटेको सुस्केरा सायद मनको बाफ हो

आँखाबट निस्केको पीरो सायद जीवनको राप हो

जे होस् घाउ त गहिरो गहिरो छ ढुक्ढुकी र त्रासमा

खै भन्न सक्दिनँ यो शब्द हो वा मुटुमा बज्ने पात हो !

नेपाली काव्य-साहित्यमा अपेक्षाकृत मोलाउन नसकेको मुक्तहको क्षेत्रमा

यस्ता सङ्ग्रहहरूको निश्चय नै राम्रो देन रहनेछ।

चेतन

‘सय थुंगा फूल’ (पुस्तक-परिचय), मधुपर्क

१/३, २०२५ साउन १० १०४-५

Leave a Comment