राम्रो रचना मीठो नेपाली

राम्रो रचना मीठो नेपालीको योगदान
डा० माधवप्रसाद पोखरेल
कृष्णप्रसाद पराजुलीले लेखनका विविध क्षेत्रमा हात हालेका छन् । उनी २०२० सालमा ‘साहित्यरत्न’ परीक्षामा प्रथम श्रेणीमा उत्तीणर् भएपछि ग्रन्थप्रकाशनका फाँटमा पसेको देखिन्छ । झन्डै तेर्‍ह-चौध वर्षको उमेरदेखि नै उनी केटाकेटी पढाउन थाल्छन् । उनलाई लेखक बनाउने मूल कारकतÄव नै उनको यही शिक्षक व्यक्तित्व हो । उनको अहिलेसम्मको जीवनै सिकाएर अथवा शिक्षा प्रचार गरेरै मूल रूपमा बितेको पाइन्छ । उनको सामाजिक व्यक्तित्वका पछाडि पनि उनको शिक्षक व्यक्तित्वले मूल भूमिका खेलेको देखिन्छ । जुद्धोदय मा० वि० का शिक्षक भएर अनि नेपाल राष्ट्रिय विद्यापीठमा प्रधानाध्यापक भएर उनले विद्यालयस्तरका विद्यार्थी पढाए भने कृतिले गर्दा एम० ए० नै पास नगरी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा डेढ-दुई दशकसम्म एम० ए० का विद्यार्थीलाई प्राध्यापन गरेर उनी सेवानिवृत्त भए । सजिलो र रसिलो पाराले विद्यार्थीलाई लाग्ने गरी पढाउने उनको बानी थियो । त्यसै बानीले गर्दा उनी रमाइला नानी (२०२२-२०२५), राम्रो रचना ः मीठो नेपाली (२०२३), नेपाली व्यावहारिक व्याकरण (२०२३), पन्ध्र तारा र नेपाली साहित्य (२०२४), नेपाली अध्ययन तथा अभिव्यक्ति (२०२७), प्रयोगात्मक भाषातŒव (२०३५), नेपाली उखान र गाउ“खाने कथा (२०३९), भाषाको माया (२०४४) र नेपाली लोकगीतको आलोक (२०५७) जस्ता अनेक ग्रन्थहरू प्रकाशित गर्छन् ।
केटाकेटीलाई सरल र सरस ढङ्गले भाषा र व्याकरणका कुरा सिकाउन उनले छवटा किताब लेखेको देखिन्छ ः राम्रो रचना ः मीठो नेपाली (२०२३), नेपाली व्यावहारिक व्याकरण (२०२३), नेपाली अध्ययन तथा अभिव्यक्ति (२०२७), प्रयोगात्मक भाषातŒव (२०३५), नेपाली उखान र गाउ“खाने कथा (२०३९) र लोलीबोली (२०४७) ।
कृष्णप्रसाद पराजुली गोपाल पाँडे ‘असीम’ ले सुरु गरेको ‘नेपाली शिक्षा परिषद्’ (२००८) बाट ‘प्रवेशिका’ मा सर्वप्रथम भएर उत्तीणर् हुने र स्वणर्पदक पाउने पहिलो विद्यार्थी हुन् । नेपाली भाषा पढाउने पाठ्यसामग्रीमा गोपाल पाँडे ‘असीम’ का रचना दर्पण (१९९४) र रचनाकेशर (२०००) नेपाली रचना सिकाउनका लागि लेखिएका पहिला अद्वितीय पाइलाका रूपमा देखिन्छन् । गोपाल पाँडेपछि मात्र पारसमणि प्रधान र अमरमणि प्रधानको नेपाली रचना भारती (२०१२), देवीप्रसाद काफ्लेको नेपाली रचना भारती (२०१४) र हर्षनाथ शर्माको अनिवार्य नेपाली रचना (२०२३) प्रकाशित भएका हुन् । किताबको नाममा ‘रचना’ शब्द नपरे पनि पुष्करशमशेरको नेपाली सजिलो व्याकरण (२००१) को थोरै प्रभाव पनि पराजुलीले बोकेका छन् । कृष्णप्रसाद पराजुली त्यसै लिस्नाका माथिल्ला खुट्किला हुन् । ज्ञान र अनुसन्धानका फाँटमा हरेक चेलाले आफ्ना गुरुलाई उछिन्नुपर्छ अनि मात्र ज्ञानको खोलो अघि बढ्छ । नेपाली रचना सिकाउने गुरुकुलमा पनि कृष्णप्रसाद पराजुलीले आफ्ना गुरु गोपाल पाँडे ‘असीम’ लाई उछिनेको देखिन्छ । ज्ञानका अखडामा जुन चेलाले गुरुलाई उछिन्न सक्यो, त्यसैले गुरुऋण तिर्न सकेको पाइन्छ । यसरी नेपाली भाषामा गरेका आफ्ना योगदानले गुरुलाई उछिन्न सकेकामा र गुरुऋण तिर्न सकेकामा कृष्णप्रसाद पराजुलीलाई एकमुस्ट बधाई दिन सकिन्छ ।
यस लेखमा राम्रो रचना ः मीठो नेपालीमा आएको क्रमिक विकासको परिचय दिने मेरो सुर छ । त्यसका लागि मैले त्यस पुस्तकका तीनवटा बेग्लाबेग्लै ठेली रोजेको छु ः पहिलो संस्करण (२०२३), बीचको संस्करण (२०४९) र मेरा हातमा परेको पछिल्लो संस्करण (२०६१) ।
(क) तीनैवटा संस्करण हेर्दा पछाडिको संस्करणमा सामग्री थपिँदै गएको र केही विषयमा फेरफार भएको पाइन्छ । यसले गर्दा पुस्तकको आयतन र घनत्व बढ्दै गएको देखिन्छ ।
(ख) पुस्तकको पहिलो संस्करणदेखि नै बालकृष्ण सम, माधवप्रसाद घिमिरे, सूर्यविक्रम ज्ञवाली र लेखकका भूमिका विभिन्न शीर्षकमा पाइन्छन् ।
(ग) पहिलो संस्करणमा विषयक्रम पनि ‘पूर्वांश’ र ‘उत्तरांश’ मा बाँडिएको छ । बीचको र अन्तिम संस्करणमा त्यो वर्गीकरण छाडिएको छ । पहिलो संस्करणको ‘पूर्वांश’ मा नेपाली व्याकरणका कुरा परेका छन् भने ‘उत्तरांश’ मा ‘मीठो नेपाली’ रचना गर्ने उपाय सिकाइएको छ ।
(घ) पहिलो संस्करणमा जम्मा पच्चीसवटा अध्याय छन्, तर बीचको संस्करणदेखि एक्काइसवटा मात्र अध्याय दिइएका छन् ।
(ङ) पहिलो संस्करणका अध्याय र पछिका संस्करणका अध्याय र उपशीर्षकमा फरक भएका पनि छन् ।
(च) पहिलो संस्करणमा उपशीर्षक अङ्क दिइएको छ, अन्यत्र छैन ।
(छ) बीचको संस्करणदेखि ‘शब्दसंवृद्धि र आगन्तुक शब्द’ भन्ने अध्यायमा ‘आगन्तुक शब्द’ का लागि ‘प्रविष्ट शब्द’ भन्ने नयाँ नाम पनि दिइएको छ । पछिका संस्करणमा यहाँ ‘शब्दस्रोत’ भन्ने उपशीर्षक थपिएको छ ।
(ज) पहिलो संस्करणको ‘आगन्तुक धातु’ अरू संस्करणमा देखिँदैन ।
(झ) ‘विशेषणका अवस्था’ पहिलो संस्करणको ‘शब्दका किसिम र तिनका भेद’ भन्ने अध्यायमा छैन ।
(ञ) कृदन्त, तद्धितान्त, नामधातु, विग्रह, द्वित्वप्रक्रिया पहिलो संस्करणमा ‘शब्दको बनोट’ भन्ने अध्यायमा छैन; पछिका संस्करणमा मात्र छन् ।
(ट) पहिलो संस्करणमा ‘सन्धि’ लाई छुट्टै अध्यायमा राखिएको छ, तर पछिका संस्करणमा त्यो ‘शब्दको बनोट’ भन्ने अध्यायमा पसेको छ । त्यसैमा ‘नेपाली शब्दमा सन्धि र आगम’ भन्ने उपशीर्षक थपिएको छ ।
(ठ) पहिलो संस्करणको ‘शब्दका विस्तार’ पछिका संस्करणमा ‘शब्दका रूपविस्तार’ भन्ने शीर्षकमा फेरिएको छ । पछिका संस्करणमा त्यस अध्यायमा ‘स्त्रीलिङ्ग बन्ने किसिम’, ‘विभक्ति’, ‘पक्ष’ र ‘मिलित क्रिया’ भन्ने उपशीर्षक थपिएका छन् ।
(ड) पहिलो संस्करणको ‘शब्दका प्रयोग’ भन्ने अध्याय फेरिएर पछि ‘शब्दका अर्थ र प्रयोग’ भएको छ । पछिका संस्करणमा यस अध्यायमा ‘अनुकरणात्मक शब्द’ र ‘पारिभाषिक-प्राविधिक शब्द’ थपिएका छन् ।
(ढ) पहिलो संस्करणमा भएको ‘बहुरूपी शब्द’ को नाम त्यसपछिका संस्करणमा ‘बहुरूपी शब्द ः विशेष ज्ञान’ भन्ने शीर्षकमा देखिन्छ । पहिलो संस्करणको ‘शब्दका अन्य प्रयोग’ भन्ने अध्याय पहिलो संस्करणपछि यसै अध्यायमा छिरेको देखिन्छ । ‘सार शब्द तथा विशेष शब्दज्ञान’ भन्ने अध्याय पहिलो संस्करणपछि देखिँदैन । त्यस अध्यायका पनि अनेक अंश यसै अध्यायमा पसेका देखिन्छन् । ‘निपात’ नामको उपशीर्षक पहिलो संस्करणपछि मात्र यसै अध्यायभित्र देखिन्छ । ‘थातबातका नाम’ पनि पछिका संस्करणमा यसै अध्यायमा थपिएको छ ।
(ण) ‘सन्धि (अक्षरहरूको एक रूप)’ भन्ने अध्याय पहिलो संस्करणपछि ‘शब्दको बनोट’ भन्ने अध्यायमा पसेको छ ।
(त) पहिलो संस्करणको ‘शब्दशुद्धि’ भन्ने अध्याय २०४६ का पाठमा ‘शब्दशुद्धि (वणर्विन्यास)’ र २०६१ को पाठमा ‘नेपाली वणर्, अक्षर र वणर्विन्यास’ भन्ने शीर्षकमा फेरिएको देखिन्छ ।
(थ) पछिका संस्करणमा ‘चिह्नप्रयोग’ भन्ने शीर्षकमा पनि केही नौलोपन आएको छ ।
(द) पहिलो संस्करणको ‘शब्दशक्ति र खुल्दो अर्थसहितका शब्द’ भन्ने अध्यायको नाम त्यसपछिका संस्करणमा ‘शब्दशक्ति, सारशब्द र खुल्दो अर्थ’ भन्ने नाममा पाइन्छ ।
(ध) पहिलो संस्करणमा नभएका ‘उखान-टुक्का’ र ‘वाक्यका आधारभूत तÄव’ पछिका संस्करणहरूमा छुट्टै अध्यायका रूपमा थपिएको देखिन्छ । पहिलो संस्करणमा ‘वाक्पद्धति र उखान तुक्का’ भन्ने अध्यायभित्र ‘टुक्का’ लाई ‘तुक्का’ भनिएको छ, तर पछिका संस्करणमा ‘तुक्का’ र ‘टुक्का’ बीचको फरक छुट्टिएको छ ।
(न) पहिलो संस्करणको ‘वाक्य र त्यसका अङ्ग’ भन्ने अध्यायपछिका संस्करणमा ‘वाक्यका आधारभूत तÄव’ भन्ने नयाँ अध्यायमा परेका छन् । पहिलो संस्करणको उपशीर्षकमा भएको ‘विचारका दृष्टिमा वाक्य’ पछिका संस्करणमा ‘अर्थ वा भावका दृष्टिमा वाक्य’ बनाइएको छ ।
(प) पहिलो संस्करणको ‘वाक्यरचना’ पछिल्ला संस्करणहरूमा ‘वाक्यान्तरण’ भन्ने शीर्षकमा भेटिन्छ ।
(फ) पहिलो संस्करणमा ‘अलङ्कार’ र ‘रस’ बेग्लाबेग्लै अध्यायमा पाइन्छन् भने पछिल्ला संस्करणहरूमा ती एउटै अध्यायमा समेटिएका छन् ।
(ब) पछिल्ला संस्करणहरूमा पाइने ‘आफ्नो ढाँचाका वाक्य’ भन्ने अध्याय पहिलो संस्करणमा छैन ।
(भ) पहिलो संस्करणका ‘काव्यात्मक सुभाषित’ र ‘नेपाली साहित्यको सानो विवरण’ पछिका संस्करणमा छैनन् ।
(म) राम्रो नेपाली ः विभिन्न प्रयोग’ भन्ने अध्यायमा पछिका संस्करणहरूमा ‘उक्तिको प्रयोग’ भन्ने उपशीर्षक थपिएको छ ।
(य) ‘साहित्यमा चलेका केही प्रमुख वाद’ भन्ने अध्यायभित्र पछिका संस्करणमा ‘स्वच्छन्दतावाद’ र ‘अस्तित्ववाद’ थपिएका छन् ।
यसरी कृष्णप्रसाद पराजुलीले सम्भवतः स्वतन्त्र रूपमा अनि नेपाल राष्ट्रिय विद्यापीठ र जुद्धोदय मा० वि० मा पढाउँदाको अनुभवले त्यस तहका विद्यार्थीलाई ध्यानमा राखेर लेखेको राम्रो रचना ः मीठो नेपाली भन्ने पुस्तकलाई उनी त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउँदा र त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रमा नेपाली भाषाविशेषज्ञ भएर बस्ता पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेका अनेक गोष्ठीमा बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल र चूडामणि बन्धुजस्ता भाषा-वैज्ञानिकहरूसँगको अन्तत्र्रिmयाबाट समेत आंशिक रूपमा परिमार्जन र संशोधन गरेको देखिन्छ, तर पुस्तकको चुरो भने, मध्यपहाडको ‘मीठो नेपाली’ भाषा भएका अनेक भाषिक र साहित्यिक विधाको रचना गर्न विद्यार्थीहरूलाई सिकाउने पुस्तकका रूपमा विकास गर्ने गरी तर्जुमा गरिएको देखिन्छ । मूल लक्ष्य त मीठो नेपाली भाषा भएको राम्रो नेपाली रचना गर्न सिकाउने हो, तर मीठो नेपाली बनाउन, सिकाउन नेपाली भाषा र व्याकरणका पारिभाषिक शब्द पनि नसिकाए गार्‍हो पर्ने भएकाले नेपाली शब्दरचना र वाक्यरचना पनि सिकाउनुपरेको हो । अर्को कुरो, पुस्तक लेख्नेलाई प्रचलित पाठ्यक्रमले पनि स्वतन्त्र हुन दिँदैन । विद्यालय र विश्वविद्यालयको पाठ्यक्रमसँग मिल्ने गरी लेखिएको किताब मात्र विद्यार्थीहरूसँग अन्तक्र्रिया गर्ने गरी कक्षाकोठामा पस्ने हुनाले पनि पुस्तकमा व्याकरणको अंश हाल्नुपरेको हो । यसरी अनेक मीठो नेपाली भाषा प्रयोग गरेर नेपाली शब्द, वाक्य, अनुच्छेद र त्यसभन्दा माथिका विधाहरू राम्रोसँग रचना गर्न सिकाउने पुस्तकका रूपमा तर्जुमा गरिएको देखिन्छ ।

Leave a Comment