पूर्व एक नम्बर

समय, अवस्था र जीवनको गति सधैँ एकनास रहँदो रहेनछ । समय र जीवन त एउटा आँधी हो, जसको परिवर्तित गतिमा ठूलो झोकापछि एउटा शान्त र खुसीको वातावरण पनि आउँछ, जसले मानव जातिको इतिहासमा कहिल्यै

नमेटिने छाप बसाएर जान्छ । यसैले आज \’पूर्व एक नम्बर\’ किताब प्रकाशित गरी यस जिल्लाको इतिहासमा एउटा छाप बसाएर हामीले आफ्नो जन्मभूतिप्रति रिन तिर्न लागेका छौं । यसले गर्दा हामी हृदयदेखि नै आह्लादित छौं ।

वंशी श्रेष्ठ

\’प्रकाशकबाट\’, पूर्व एक नम्बर

नेपालमा कैयौं प्राकृतिक, दर्शनीय र वर्णनीय स्थान छन् जसको विस्तृत वर्णन परिचय ता परै जाओस्, उल्लेखसम्म गर्न पनि अझै धेरै समय लाग्नेछ । यस्तै कुरा एकपल्ट स्वर्गीय महाकवि देवकोटाले एक ठाउँमा लेख्नु पनि भएको थियो ।

प्रस्तुत पुस्तक त्यसै खाँचोपूर्तिको एक पाइलो हो भन्न सकिन्छ । लेखकले पूर्व एक नम्बरको भौगोलिक परिचय, खेती-उद्योगधन्दा र व्यापारसम्बन्धी व्यवसाय, जिल्लाकेन्द्र र मुख्य बस्तीहरू, ऐतिहासिक झलक, प्राकृतिक सुन्दरता र दर्शनीय स्थल, शैक्षिक जागरण, कला र संस्कृति, साहित्य र साहित्यकार, जात्रा, मेला र मन्दिर र आवश्यकता र योजनासम्बन्धी प्रगतिको पाइलामा गरेर दसवटा बिसौना लगाई खोजीपूर्ण प्रयास र सुन्दर शैलीमा प्रस्तुत पुस्तकलाई आफ्नो उद्देश्यमा पुयाउनुभएको छ ।

साँच्चै नै लेखकले भनेझैं पूर्व एक नम्बरको राम्रो दिग्दर्शन गराउनुका साथै क्षेत्रीयताको ज्ञान र नेपालको दुःख-सुखको कथा अर्को जिल्लाबासीलाई सुनाउनु पनि प्रस्तुत पुस्तकको उद्देश्य हो । यसअघि हाम्रा अरू एक-दुई जिल्लाको परिचय दिने पुस्तिका निस्केका हुन् तापनि तिनीहरूले प्रस्तुत पुस्तकका जस्तो सबै र आवश्यक अङ्गलाई अँगाल्न सकेका थिएनन् ।

यो पुस्तक पूर्व १ नं० को प्राकृतिक परिचय प्राप्त गर्नका लागि मात्रै नभएर त्यहाँको साहित्यिक, आर्थिक र ऐतिहासिक क्षेत्रका जिज्ञासुलाई पनि ठूलो मद्दत दिन ज्यादै उपयोगी छ । यसै गरी अधिराज्यका प्रत्येक भेगको बेग्लाबेग्लै पुस्तकहरू प्राप्त हुँदै जान सके नेपालबारे शुद्ध तथा यथार्थ ज्ञान बढाउन सुविधा हुनेछ ।

राजहंस

\’पूर्व एक नम्बर\’ (पुस्तक-परिचय), गोरखापत्र,

२०२२ आषाढ १९ शनिबार

‘पूर्व एक नम्बर\’ सिन्धु र काभ्रे दुई जिल्लाको बारेमा लेखिएको आफ्नै किसिमको पहिलो कृति हो ।

सिन्धु

\’राष्ट्रिय भूषण परिचय (५)\’, १ / ९, २०३५ मसिर

पूर्व एक नम्बर ः अनुकरणीय प्रकाशन
ड्ड
‘पूर्व एक नम्बर’ सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्लाको संयुक्त नाम हो । काभ्रे र सिन्धुको सेरोफेरोलाई बताउने पुरानो नाउँ ‘पूर्व एक नम्बर’ हो । उक्त क्षेत्रलाई समेटेर २०२२ सालमा परिचयात्मक पुस्तकका रूपमा सर्वप्रथम पूर्व एक नम्बर प्रकाशित भएको थियो । नेपाली भाषा-साहित्यका विशिष्ट प्रतिभा कृष्णप्रसाद पराजुलीबाट आजभन्दा उनन्तीस सालपूर्व लिखित र प्रकाशित यही पुस्तक अहिले परिमार्जित तथा परिवद्र्धित रूपमा विशेष आकर्षण र अनुसन्धानमूलक दृष्टिका साथ प्रकाशित भएको छ ।
कृष्णप्रसाद पराजुली मूलतः कवि-गीतकार तथा भाषा-व्याकरणका अथक साधक हुनुहुन्छ । बालसाहित्य र खोजपूणर् लेख-समालोचनाका साथै कथा-निबन्धका पनि विशिष्ट प्रतिभाका रूपमा उहाँको नाम आउँछ । यसरी भाषा-साहित्यका फाँटमा सिद्धहस्त पराजुलीले वाङ्मयका अन्य फाँटमा समेत आफ्नो कौशल प्रदर्शन गरेको यही पूर्व कृति अहिले परिमार्जन र थप सूचनाहरूका साथ अद्यावधिक तुल्याएर प्रकाशनमा ल्याइएको छ । खास गरि आफ्नै जन्मथलो पूर्व एक नम्बरको ममतालाई कायमै राखेर तयार पारिएको यस ग्रन्थमा त्यहाँका भौगोलिक सीमा र परिचय, प्रमुख स्थल, जात-जाति, पेसा-व्यवसाय, ऐतिहासिक गरिमा, शैक्षिक जागरण, साहित्यिक-सांस्कृतिक प्रतिभा र समसामयिक परिवर्तनका गतिविधिलाई समेत झल्काउने प्रस्तुत कृति यस क्षेत्रको परिचय दिने आधिकारिक ग्रन्थ हुन पुगेको छ । त्यसमा पनि काभ्रे र सिन्धुबारे लेखिएका नयाँ-नयाँ सामग्री र बुढा-पुराना स्थानीय व्यक्ति एवं विज्ञ महानुभावहरूसँगको भेटवार्ताबाट प्राप्त सूचनालाई समेत यस ग्रन्थले आधार बनाएको छ । यसरी खोजपूणर् अनुसन्धानात्मक कृतिका रूपमा पनि यसको महत्व प्रतीत हुन्छ र अन्य क्षेत्रका लागि समेत यसले पथप्रदर्शन गरेको देखिन्छ ।
‘पूर्व एक नम्बर’ मा दुई भाग छन्— काभ्रे र सिन्धु । प्रत्येक भागमा लेखक महानुभावको आधिकारिक तथा सूचनाप्रद दृष्टि रहेको छ । भूगोलवेत्ता, इतिहासकार, सांस्कृतिक लेखक, साहित्यकार तथा भाषाशिल्पका साधकको समन्वयका रूपमा यस कृतिले आफ्नो स्वरूपलाई स्पष्ट पारेको छ । पुग-नपुग आधा शताब्दीदेखि भाषा-साहित्यमा खेलेका विद्धान प्रतिभा कृष्णप्रसाद पराजुलीको परिमार्जन-शिल्प र प्रस्तुति-कौशलले यो कृति अरू चम्केको अनुभव हुन्छ । लेखक महोदयले पूर्व एक नम्बरलाई बढी वस्तुपरक र आधिकारिक गराउन चाहेका उदाहरण प्रशस्त पाइन्छन् ।
पूर्व एक नम्बरको अर्को उल्लेख्य पक्ष यसको आकारप्रकार र प्रस्तुतिको आकर्षण हो । भाववाहिनी सरल-सरस भाषा र सञ्चारसक्षम प्रस्तुति यसका विशेषता हुन् । नेपाली भाषाको प्रयोगमा विशिष्ट दखल राख्ने पराजुलीको स्पर्शले यो कृति पर्याप्त आकर्षक बनेको छ । त्यसो हुनाले साहित्यिक व्यक्तित्वद्धारा लेखिएको प्रस्तुत कृतिमा साहित्य र समाजपर्यवेक्षणको अपूर्व सम्झौता भएको छ । यस ग्रन्थलाई साहित्यिक प्रस्तुतिमा लेखिएको खोजपूणर् ग्रन्थ भन्नु पनि युक्तिसङ्गत देखिन्छ ।
पूर्व एक नम्बरलाई जिल्लाको सर्वाङ्गिण पक्षलाई यथासम्भव समेट्ने प्रयास गरेर रचिएका परिचयपुस्तिकाको हाराहारीमा नयाँ बान्की र नौलो आकार दिएर प्रस्तुत गरिएको कृतिका रूपमा लिन सकिन्छ । हामीकहाँ जिल्ला वा स्थानपरिचयका पुस्तक कमै लेखिएका छन् । यता केही भएकामा पनि प्रायः पुस्तक/लेख मात्र रहेका र कुनै खास पक्ष (विशेषतः भौगोलिक) लाई केन्द्रविन्दु बनाएर लेखिएका भेटिन्छन् । कतैकाहीं राजनैतिक पूर्वाग्रह पनि प्रतिबिम्बित भएको देखिन्छ । तर यो कृतिचाहिं व्यापक दृष्टिले तयार पारिएको छ र सकेसम्म धेरै पक्षलाई समेट्न खोजिएको विश्वसनीय ग्रन्थका रुपमा आएको छ । यस स्थितिमा अन्य जिल्ला तथा क्षेत्रका लागि पनि उदाहरणीय ढाँचा प्रस्तुत गर्ने पूर्व एक नम्बर यस खालको पहिलो कृति हो र अनुकरणीय प्रकाशन हो ।
कृष्णप्रसाद पराजुली राष्ट्रियता, देशप्रेम र स्वाभिमानले युक्त विशिष्ट व्यक्ति भएको साक्ष्य यस कृतिले प्रदान गरेको छ । देशप्रतिको ममता, आफ्नो संस्कृति र परम्पराप्रति श्रद्धा र नेपाली जातीय स्वाभिमानका भावनाहरू यहाँ पङ्क्ति-पङ्क्तिमा अभिव्यक्त छन् । प्रस्तुत कृति स्वयं पूणर् र सङ्गतियुक्त बनेको छ । शीर्षक-उपशीर्षक, विषयको क्रमबद्ध विन्यास, ठाउँ-ठाउँ समीक्षात्मक टिप्पणी र सरल तथा प्राञ्जल भाषा यस कृतिका प्रमुख उपलब्धि हुन् । निष्कर्षमा पूर्व एक नम्बर साहित्यिक बान्कीमा लेखिएको खोजपूणर् प्रामाणिक कृतिका रूपमा उल्लेख्य रहेको छ । आफ्नै प्रकारको प्रतिमान कायम गर्न सक्ने प्रस्तुत कृतिले निश्चय नै नेपाली भाषा-साहित्यमा विशिष्ट महत्व राख्नेछ ।

गोपीकृष्ण शर्मा

काभ्रेली, २०५० वैशाख ज्ञानेश्वर, काठमाडौं

वाङ्मयको सेरोफेरोमा

हालै कृष्णप्रसाद पराजुलीको ‘पूर्व एक नम्बर’ नामक परिचयात्मक ग्रन्थको लोकार्पण भयो । कृष्णप्रसाद पराजुली नेपाली भाषा, कविता-काव्य, उखान-टुक्का, सरल व्याकरण लेखक, बाल-साहित्यकार एवम् कुशल
गीतलेखकका रूपमा सम्मानित र पूजित नाम हो । कविता र काव्य गरि ४ पुस्तक उहाँका प्रकाशित छन् । भाषा-व्याकरण-रचनामा ४ पुस्तक लेख्ने पराजुलीका निबन्ध-प्रबन्धमा ५ लोकप्रिय कृतिहरू रहेका छन् ।
बालसाहित्यमा ११ रसिला र कणर्प्रिय कृति लेख्ने पराजुलीका हातबाट गोधूलि (चौमासिक), जनमत
(मासिक) र सांग्रिला (त्रैमासिक) को सम्पादन पनि अद्यावधि भैरहेछ । यसका अतिरिक्त उनका प्रशस्तै फुटकर रचनाहरू छापिएका छन् । मधुर कोमल र सजिला शब्दमार्पmत पाठकका हृदयतलाउमा ढुङ्गा हानेर तरङ्ग उब्जाउन पोख्त पराजुली व्यवहारमा पनि सरल, मृदुभाषी र भद्र छन् ।
‘पूर्व एक नम्बर’ उनको २६ औ पुस्ताकारमा निक्लिएको कृति हो । प्रस्तुत ग्रन्थमा बाग्मती अञ्चलमा अवस्थित काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको भौगोलिक परिचय, दर्शनीय स्थल, जनजीवन र व्यवसाय, भाषा, स्थानीय मुक्तक, ऐतिहासिक रूपरेखा, शैक्षिक जागरण, यातायात, सञ्चार र स्वास्थसेवा, कला-संस्कृति, साहित्य र साहित्यकार एवम् उपसंहार गरी विविधता दिई उपर्युक्त दुई जिल्लाको पूणर्रूपेण परिचय गराइएको
छ । २०२२ मा प्रथम प्रकाशन भएको उक्त पुस्तक २०५० मा पुनः विशेष परिमार्जित र परिवर्तित रूपमा प्रकाशित भई लोकार्पण भएको हो । खोट देखाउन मुस्किल पर्ने उक्त कृतिले नेपालका अन्य क्षेत्रको पनि खोजखबरी यसरी नै गर्नुपर्ने दिशामा नेपालका लेखकहरूको ध्यानाकर्षण गरेको छ । पुस्तक अविछिन्न मिठो लयमा लेखिएको छ । पराजुलीबाट यस्तै कृतिहरू अरू पनि आउन् ।

युवराज नयाँघरे
‘दसैंअघि र पछिका केही गतिविधि’ को एक अंश, नेपाली पत्र २०५० कात्तिक २०,

‘पूर्व एक नम्बर’को छोटो परिक्रमा
देवीप्रसाद सुवेदी

जन्मभूमिको प्रेम नै राष्ट्रप्रेम र विश्वप्रेमको मूल आधार हो । जसले जन्मभूमिको माया गर्दैन उसबाट राष्ट्रप्रेम र विश्वप्रेमको आशा गर्नु व्यर्थ हुन्छ । यसरी जन्मभूमिप्रतिको प्रेम र त्यसप्रतिको आस्थाको अभिव्यक्तिका क्रममा सिर्जना गरिएको कृति हो— ‘पूर्व एक नम्बर’ । एउटा लेखकले आफ्नो जन्मभूमिप्रतिको प्रेमलाई यसरी नै अभिव्यक्ति दिन सक्छ भन्ने नमुना रचना हो— पूर्व एक नम्बर । अर्थात् पूर्व एक नम्बरबाट उदाएर समग्र नेपाली भाषा र साहित्यिक जगत्मा चमचमाएका कृष्णप्रसाद पराजुलीको मातृभूमिप्रति समर्पित हृदयको पूmलको थुँगा हो— पूर्व एक नम्बर ।
“पूर्व एक नम्बर” के हो ? को प्रत्युत्तरमा भन्न मिल्छ— पूर्व एक नम्बरभित्र जेजे छन् ती सबैको समष्टि अभिव्यक्ति हो— पूर्व एक नम्बर । अहिलेको नयाँ पीढिको मनमस्तिष्कमा सम्भवतः पूर्व एक नम्बरको नक्सा राम्रोसँग अङ्कित छैन र ऊ सिन्धु र काभ्रे मात्र चिन्दछ, उसलाई राम्रोसँग चिनाउने रेखाचित्र हो— पूर्व एक
नम्बर ।
पूर्व एक नम्बरले, सम्पूणर् नेपालसँग चिनिन खोजेर पनि परिचित हुन गाह्रो मानेको रहेछ पहिले । अहिले आफ्नो पूणर् कलेवर पाएपछि २८ वर्षपछि आफ्नो परिचय बढाउँदै आइपुग्यो सबैसँग हातेमालो गर्दै । पूर्व एक नम्बरले म पश्चिम तीन नम्बरको हृदय द्रवित भयो । यसैले पूर्व एक नम्बरको हृदयले म पश्चिम तीन नम्बरको हृदयलाई बोलाइरहेको आभास पाउँछु यस रचनाद्धारा । सम्भवतः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रत्येक सहृदयी देशभक्तहरूलाई यसले न्यानो हृदय स्पर्शको लागि बोलाइरहेको छ ।
कृष्णप्रसाद पराजुली नेपाली भाषा र साहित्यलाई मात्रै नीब र जिभ्रोले चलाउँदो रहनेछ उसका नसामा आफ्नो मातृभूमिका नदी नालाहरू र छहराहरू प्रवाहित बनेका रहेछन् र उसका अस्थि र मांशपेशीहरूमा त्यहाँका पाखा-पखेरा, पहाड पर्वतहरू पनि जीवन्त बनेका रहेछन् ।
“पूर्व एक नम्बर”को परिक्रमा गर्दा थाहा हुन्छ यस भित्रका जुम्ल्याहा भाइजस्ता बनेका सिन्धु र काभ्रेमध्ये भाषा, साहित्य, कला, संस्कृति, अर्थ, राजनीति आदि प्रायः जसो क्षेत्रमा सिन्धु केही कमजोर छ तर पनि लेखक पराजुली दुबैमा उत्तिकै स्नेह राख्दछन् , यद्यपि पराजुली काभ्रेका किन नहुन् । उनी काभ्रेका भन्दा पनि पूर्व एक नम्बरका रहेछन् भन्ने चिन्यो यस लेखकले पनि । काभ्रेभन्दा प्राकृतिक दृष्टिले सम्पन्न सिन्धुले भावुक हृदयलाई अझ छोएको प्रतीत हुन्छ यहाँ ।
एउटा भाषाशिल्पीले देशको प्रकृति र त्यहाँका हरेक पक्षहरूलाई कसरी टिप्दै तिनलाई उजिल्याउँदो रहेछ भन्ने कुराको नमुना बनेको छ— पूर्व एक नम्बर । पराजुलीको भाषाले यहाँ कुन पक्षलाई प्रोज्ज्वलित पारेको छैन ? इतिहास, संस्कृति, भूगोल, शिक्षा, यातायात, सञ्चार, जातजाति, भेषभूषा, कला, साहित्य सबै उनका कलमद्धारा जीवन्त बनेका छन् ।
नेपाली वाङ्मयमा आफ्नो देशको विभिन्न एकाइहरू क्षेत्र, अञ्चल, जिल्ला आदिलाई परिचित गराउने कृतिहरूको अभाव खट्किँदो रूपमा छ । कुनै लेख, रचना पाइए पनि एकपक्षीय, अपूणर् र प्रामाणिकताको दृष्टिले कमजोर पाइने गरेका छन् । देशका अन्य भागका अनुभवी र सिद्धहस्त लेखकहरू ‘पूर्व एक नम्बर’का कुशल स्रष्टा कृष्णप्रसाद पराजुलीभैंm लागे भने लिपिमा देश ज्यूँदो रूपमा उभिन सक्छ । ‘पूर्व एक नम्बर’ले नेपाली वाङ्मयका अन्य साधकहरूलाई यही प्रेरणा दिएको छ ।

देवीप्रसाद सुवेदी
युगसंवाद ः २०५० मङ्सिर २९

“पूर्व एक नम्बर” एक प्रशंसनीय प्रकाशन

२०२२ सालमा ‘पूर्व एक नम्बर’को विस्तृत परिचयसहितको एउटा पुस्तक प्रकाशित भएको थियो—किताब घर, विराटनगरबाट । त्यतिखेर यो पुस्तकको मूल्य २७५।- थियो भने पृष्ठ सङ्ख्या ११२+८ । नेपाली पुस्तकमा नौलो प्रयोगको रुपमा रहेको यो पुस्तकका लेखक हुन्— कृष्णप्रसाद पराजुली ।
२०५० सालमा ‘पूर्व एक नम्बर’ परिमार्जित एवं परिवद्र्धित रूपमा प्रकाशित भएको छ । पुस्तक बाहिरबाट हेर्दा जति आकर्षक र मनमोहक छ, भित्र पनि त्यत्तिकै रोचक र अनुसन्धानमुलक तथा ज्ञानवद्र्धक छ । छोटकरीमा भन्दा पूर्व एक नम्बर सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाको आधिकारिक पुस्तक हुनुका साथै ती दुवै जिल्लाको ‘कोष’ नै भनेमा अत्युक्ति नहोला ।
नेपाली साहित्यका वरिष्ठ साधकका रूपमा चर्चित एवं प्रशंसित कृष्णप्रसाद पराजुलीद्धारा ठूलो मेहनत र लगनसाथ तयार भएको यो पुस्तकको उल्लेखनीय पक्ष हो— ती दुई जिल्लाका साहित्यिक इतिहासको उत्खनन र विश्लेषण । साहित्यिक इतिहासलाई यसले अनुकरणीय रूपमा प्रस्तुत गरेको छ । अझ भन्ने हो भने जिल्लाको साहित्यिक इतिहास लेख्ने क्रममा अग्रस्थान ओगटेका कृष्णप्रसाद पराजुलीको प्रस्तुत पुस्तक अमूल्य ग्रन्थ सावित भएको छ ।
सिन्धु र काभ्रे दुई खण्डमा विभाजित ‘पूर्व एक नम्बर’ ग्रन्थमा जिल्लाको भौगोलिक परिचय, ऐतिहासिक झलक, कला र संस्कृति, साहित्य र साहित्यकार, केन्द्र, दर्शनीय स्थल र मुख्य बस्ती, शैक्षिक जागरण, यातायात, सञ्चार र स्वास्थ्य तथा प्रगतिका पाइलामा ः आवश्यकता र योजना उपशीर्षकमा विवेचना र विश्लेषण गरेको देखिन्छ । प्रस्तुत पुस्तक सर्वसाधारणका लागि त अत्यन्त सरस, रोचक र ज्ञानवद्र्धक छँदै छ, त्यसमाथि आजका प्रशासक, योजनाविद्, र बुद्धिजीवीहरूका लागि पनि त्यत्तिकै उपयोगी सिद्ध हुन सक्ने मेरो विचार छ । सरल, सरस र झर्रो नेपाली भाषामा शुद्धसँग तयार गरिएको यो पुस्तकले काभ्रे र सिन्धुका आजका आवश्यकता, वर्तमान समस्याहरू विस्तृत रूपमा केलाउन सक्षम छ । उल्लेखनीय कुरा के छ भने प्रस्तुत ‘पूर्व एक नम्बर’ पुस्तकका सबै प्रति लेखक कृष्णप्रसाद पराजुलीले पूर्व एक नम्बरमा साहित्यिक उत्साह जागृत गर्न अक्षय कोषमा अर्पण गरेका छन् ।

शिव रेग्मी
विश्वामित्र, वर्ष १/११, २०५१ पुस १६-३०

‘पूर्व एक नम्बर’ ः गर्वका कुराहरू र गर्भका कुराहरू

भाषाविद् एवं कवि कृष्णप्रसाद पराजुलीले लेख्नुभएको सङ्ग्रहणीय कृति ‘पूर्व एक नम्बर’ को परिमार्जित एवं परिवद्धित दोस्रो संस्करण सरसर्ती पढ्दापढ्दै एकातिर रोसि, कोही र इन्द्रावतीको स्वच्छ, निर्मल र चीसो प्रवाहसँगै काभ्रे र सिन्धुका कतिपय गर्वका कुराहरू कलकल ध्वनिमा बहँदै रहेको अनुभूति भयो भने अर्कोतिर बेंसी र टारहरूसँग क्रमशः गर्वले उठेका थुम्का थुम्कीहरूको गर्भमा लुकेका कतिपय महवपूणर् कुराहरू सल्बलाउन थालेको यथार्थको पनि बोध भयो । पूर्व एक नम्बरको प्राकृतिक सौन्दर्यको वणर्न गर्न युगकवि सिद्धिचरण श्रेष्ठका अमर रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ को पद्यांशको उद्धरणले जो कोहीको मन प्रफुल्लित हुनु स्वभाविकै हो ः
तामाकोशी, त्यो सुनकोशी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र
यो पद्यांशबाट प्रस्ट हुन्छ, कविको ‘ओखलढुङ्गा’ को पृष्ठभूमिमा पूर्व एक नम्बर भनिने प्रदेशको छटा रहेको छ ।<br>नेपाली भाषा र साहित्यका शोधकर्ता शरद्चन्द्र शर्मा भट्टराईले आफ्नो मूल्यांङ्गनमा लेखेका छन्— ‘हालको प्रशासनिक विभाजनमा ‘पूर्व एक नम्बर’ भनिने प्रादेशिक इकाइ नरहे पनि त्यसले ओगटेको भूमि, त्यसका गरिमामय विशेषता, त्यसका निवासी र उनीहरूका प्राप्ति, उपलब्धि त्यसै हराउने कुरा होइनन् । यिनै नहराउने कुराको पहिचान गरेर त्यसै भूभागका एक भूदेवले आफ्ना माटाका ममत्वलाई सुन्दर वाणी प्रदान गरेका छन् प्रस्तुत पुस्तक ‘पूर्व एक नम्बर’ मा ।‘पूर्व एक नम्बर’ (काभे्र र सिन्धुको परिचयात्मक अध्ययन) पहिलोपल्ट वि. सं. २०२२ सालमा प्रकाशित भएको थियो किताबघर, विराटनगरबाट । पहिलो संस्करणको पहिलो तीन दशकपछि वि. सं. २०५० मा काभ्रेली साहित्य सङ्गमको संयोजनमा पूर्व एक नम्बर पुनः छापियो । यसपाली दशैंमा बनेपा जाँदा कवि मोहन दुवालको आग्रहमा यो पुस्तकको दोस्रो संस्करण किनियो । ०२४/०२५ सालतिरै पहिलो संसकरण पनि पढेको थिएँ । दोस्रो संस्करणको रु १०१ तिरी खरिद गर्दा पनि घाटा लागे जस्तो लागेन । कारण नेपालगञ्जमा यसपाली दशैंअगाडि गठन भएको ‘काभ्रेली भेला’ मा यो पुस्तकको मुल्य र २ सय भनिएको जस्तो लाग्यो । एउटै पुस्तकको दुई भिन्न ठाउँमा दुई भिन्न मूल्यको औचित्य चाहिं बुझ्न सकिएन ।<br>पुस्तकको पहिलो खण्डको १४८ पृष्ठहरूमा काभे्रपलान्चोक जिल्लाको बारेमा लेखिएका छन् भने सिन्धुपाल्चोक जिल्लाका बारेमा लेखिएका छन् भने सिन्धुपाल्चोकको विवरणको लागि दोस्रो खण्डको १ सय पृष्ठहरूमा प्रयोग गरिएका छन् । दुबै खण्डलाई नौ अलग-अलग परिच्छेदमा विभक्त गरिएका छन् । लेखक पराजुलीका आफ्नै शब्दहरूमा ‘…….. पूर्व एक नम्बरका जुम्ल्याहा सन्तति जस्तै भएका काभ्रे र सिन्धुलाई विभिन्न परिप्रेक्ष्यमा हेर्दै नियाल्दै अध्ययन गर्ने, चिनाउने र सबैका आँखामा ल्याउने प्रयासकै परियााम हो प्रस्तुत नयाँ संस्करण ।’<br>लगभग १४०५ व० कि० मी० क्षेत्रफल भएको काभ्ै र कुल २ हजार ५ सय २८ व० कि० मी० क्षेत्रफल भएको सिन्धुको भौगोलिक बनावट, हावापानी, खनिज संशाधन, जनजीवन, जाति र भाषा, आर्थिक संरचना, कला र संस्कृतिको रूपरेखा करिब-करिब एउटै खालको छ । वि० सं० ४८ सालको जनगणनाअनुसार ३,२४,८१९ जनसङ्ख्या भएको काभ्रेमा र २,६०,९७२ जना मानवजातिको घरआँगन भएको सिन्धुमा ९० प्रतिशतभन्दा बढी मानिसहरूको पेसा अपनाइएको तथ्याङ्क पुस्तकमा देखाइएको छ भने एक जमानामा व्यापार र परिवहनको प्रमुख केन्द्र रहेको यो प्रदेशमा हाल ५ प्रतिशतभन्दा पनि कम जनसङ्ख्याले उद्योगलाई आफ्नो पेसा अपनाइएको तथ्याङ्क पुस्तकमा देखाइएको छ । त्यसै गरि नोकरी र सरकारी सेवामा यस भेगका ३ प्रतिशत जनसङ्ख्या मात्रै आकर्षित भएको देखिएको छ ।<br>लिच्छविकालीन युगमाभन्दा अघिदेखि नै यो प्रदेशमा रेशम, कपास खेतीको साथै कागज र सूती कपडा उद्योगको प्रचलन रहेको उल्लेख रहे पनि अब यथार्थमा यो दन्त्यकथा जस्तै भइसकेको छ । तामाङ र शेर्पाजाति बसोबास गर्ने ठाउँहरूमा राडी, पाखी, चारखाने, पस्मिना, खाँडी बुन्ने प्रचलन पनि अब गर्व गर्न सकिने कुरा रहेन । काठमाडौंका सयकडौं गलैंचा उद्योगहरूमा पूर्व एक नम्बरका हजारौं बुनकरहरू कार्यरत छन् । ससाना घरेलु एवं मझौला उद्योगको रूपमा गलैंचा उद्योगलाई पूर्व एक नम्बरको विभिन्न ठाउँमा प्रतिष्ठापित गर्ने जमर्को गरेको भए काठमाडौंको वातावरणीय सन्तुलन कायम राख्नर जनसङ्ख्याको बढ्दो चापलाई क मगर्न सघाउ पुग्ने कुरामा दुईमत हुन सक्दैन । सिन्धुको मेलम्चीदेखि काठमाडौंसम्म २७ किमी लामो सुरुङ खनेर पानी आपूर्ति गर्न सक्ने सपना देख्न सक्ने योजनाकारहरूले काठमाडौं नजिकैको काभ्रे र सिन्धुमा उद्योगधन्दा र रोजगारका अन्य अवसरहरू स्थापना गरेर काठमाडौंमा विकास हुँदै गएका विकृतिहरूलाई कम गर्नुका साथै पहाडी जिल्लाहरूको दर्दनाक गरिबी पनि कम हुँदै जाने थियो । गरिबी र पछौटेपनका परिणामस्व्रुप राणा दरबारहरूदेखि लिएर बम्बईको वेश्यालयहरूमा यौनशोषित हुन पुगेका पहाडी चेलीको उद्धार कार्यका लागि हालसम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट सशक्त पाइला चाल्न नसक्नु पनि दुःख एवं शर्मको कुरा हो । कोमल हृदय भएका कवि पराजुलीले ठाडो भाषामा यी सब कुराहरूको विरोध गर्नु नभए तापनि उहाँका कतियप उद्गारहरूमा यसै आशयका झनक पाइन्छ ।<br>साहित्य र साहित्यकारहरूको बारे पराजुलीले छाती फुक्का गरेर लेख्नुभएको छ । माध्यामिककालीन साहित्य शिल्पीहरू तेजानन्द (सुग्रीव शास्त्रम् वि० सं० १४१८), मणिराज बज्राचार्य (महाभारतको गदापर्व र सत्यपर्व वि० सं० १४५०), राजा रणमल्ल (पाण्डल वि० सं० १५७२), जगत् केशरी (श्री चण्डेश्वरी स्तोत्र र धनेश्वर स्तोत्र वि० सं० १७३३) वसन्त शर्मा (समुद्र लहरी, श्रीकृष्ण चरित्र वि० सं० १८८४) देखि लिएर हालका दिग्गज एवं फुटकर लेखक कविहरूसम्मको नाम उल्लेख गर्न पराजुलीले अल्छि मान्नुभएको छैन । आधुनिक कालका कथाकार गुरुप्रसाद मैनाली र कविवर केदारमान व्यथितदेखि लिएर हास्यव्यंग्य विधाका गोपालराज मैनाली (चंखे) र हरिवंश आचार्य (महजोडीका) पूर्व एक नम्बरकै हुन् भन्ने कुरा गर्वका साथ उल्लेख गरिएको छ । यसै क्रममा कतिका नाम दोहोरिएका छन् भने कतिका नामहरू छुटेका पनि होलान् ।<br>पूर्व एक नम्बरको शैक्षिक जागरणमा (पूर्नजागरण भनिएमा बेस होला कि)

विधुप्रकाश कायस्थ, बनेपा, हालः नेपालगञ्ज

Leave a Comment