हृदयका पानासँगै

संस्करणः पहिलो २०६२, दोस्रो २०६४,

प्रकाशकः साहित्य सङ्गम, वारायणसी,

आकारः डिमाई, पृष्ठसङ्ख्या १२८ ।

वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीको गीतिसङ्ग्रह ‘हृदयका पानासँगै’ पाठकसमक्ष आएको छ । विशेषतः लोकसाहित्यमा समर्पित पराजुलीले कविता, मुक्तक, गीत, कथा, एकाङ्की र भाषाव्याकरणका क्षेत्रमा पनि कृति प्रकाशित गर्दैै आउनुभएको छ । यसै क्रमको सुन्दर उपहार बन्न आइपुगेको छ प्रस्तुत कृति ।

अन्नपूणर् पोस्टः २०६२ वैशाख ९

गीतहरूलाई बगैँचामा फक्रिएका फूलका थुँगा र सङ्ग्रहलाई मालाका रूपमा स्वीकार गर्दा प्रस्तुत गीतसङ्ग्रह एक सय उन्नाइसवटा फूलथुँगा उनेर होसियारीपूर्वक सजिएको एउटा भव्य र सुन्दर फूलको माला हो । राधाले श्रीकृष्णलाई अर्पण गरेको मालाजस्तै हो यो कृति । फरक यत्ति हो योचाहिँ कृष्णले नेपाली साहित्य भण्डारमा अर्पण गरेको हो ।

—मुक्तिनाथ शर्मा (युगसंवाद ः २०६३ वैशाख १९)

Leave a Comment