हिमाली डाँफे

बालकथा सङ्ग्रह | सचित्र

२०४४ सालको

उत्कृष्ट

बालसाहित्य पुरस्कार प्राप्त

प्रकाशक

रत्न पुस्तक भण्डार, काठमाडौं ।

पृष्ठसंख्या २६ आकार १७४२७ डबल ।

प्रकाशन : २०४४ |

हिमाली डाँफे

\’कस्तूरी भनेपछि सुधिरहनु पर्दैन\’ भनेजस्तै कृष्णप्रसाद पराजुली भनेपछि

केटाकेटीका कक-नन दिने दाजु हुन् भन्ने कुरा भनिरहनुपर्दैन । नानीका गीत

लेखेर कहिल्यै नअघाउने यी दाजुले बालबालिकाका लागि अनेक कथा पनि लेखेका

छन् । यस पटक चराचुरुङ्गीहरूको रमाइलो कथा लेखेर हामीलाई सघाएका छन् ।

पुस्तकको नाम \’हिमाली डाँफे राखे पनि यसमा डाँफेको कथा मात्र छैन,

डाँफेबाहेक ढुकुर, मुजुर, जुरेली, कोइली, मैना, न्याउली, भँगेराजस्ता घरेलु र

जङ्गली चराको परिचय पनि छ । यसैले यस पुस्तकको नौल्याइँ प्रस्ट छ । एउटा

कथा करीब ९ पृष्ठको लमाइको भए पनि विषय प्रस्तुतीकरण, चित्रण र विश्ले-

घणको चतुर्योगले गर्दा बालमस्तिष्कले पटचार मान्दैन । कुन तहका बालबालिकाको

लागि कस्तो विषय, विधान प्रस्तुति ( रङ्ग, रेखा, घटनाक्रम, सन्दर्भ र उदा-

हरणको नियोजन आदि ) कुन तहलाई कस्तो चाहिन्छ भन्ने हामीलाई थाहा छैन ।

संसारमा बालरचनाको विकास मुलुकको शैक्षिक व्यवस्थापन तथा पाठ्यसामग्री

विकासको पर्याय बन्दै गएको छ तापनि हामीलाई ती प्रक्रिया र प्रयोगले छोएका

छैनन् । यसैको परिणाम प्रशस्त प्रतिभा, परिश्रम र अनुभव भएर पनि बाल-

बालिकाको स्तरअनुरूप पार्न सकिएको छैन- हाम्रो बालपठन सामग्री । यस

स्थितिमा प्रस्तुत पुस्तकले बालबालिकाको लागि जे-जति सामग्री दिएको छ ती

अत्यन्त उपयुक्त छन् ।

\’हिमाली डाँफे\’ कथाको रूपमा लेखिएकाले रोचक भएको छ। चराहरूको

संसारप्रति चाख बढाउने र मनोरञ्जन दिने यसको प्रयोजन देखिन्छ । बाल-

बालिकाले सहजै थाहा पाउन नसक्ने रमाइला कुरा सजिलो भाषामा लेखिएको यस

कथा सङ्ग्रहद्वारा बालबालिकाको भाषाभण्डार बढ्छ । शहरी क्षेत्रका केटाकेटीलाई

पन्छीहरूको नाम, काम र कुरा नौलो लाग्छ भने ग्रामीण क्षेत्रका बालबालिकाका

लागि खाद्य-पेय पदार्थको कुरो नौलो लाग्दछ। कथाको धर्मले गर्दा सबैले रोचकता

अनुभव गर्न सक्तछन् । यसैले यो सङ्ग्रह प्राथमिक कक्षाको उमेरका सबैका लागि

उत्तिकै उपयोगी छ । हरेक बाबुआमाले यस्ता पुस्तकको सङ्ग्रह गरी आफ्ना

सन्ततिलाई त्यसको पठनपाठनसा प्रेरित गर्नु उपयुक्त हुन्छ । यसबाट पढ्ने बानीको

विकास हुन्छ र प्रकृतिका प्राणीप्रति सुरुचि, स्नेह र सुरक्षा गर्नुपर्छ भन्ने धारणाको

स्वाभाविक रूपले विकास हुन सक्तछ । यस सङ्कलनको ठूलो उपलब्धि यही हो ।

हामी नेपालीहरू पशुपन्छीहरूका बीचका संचारबाट परम्परादेखि नै परि-

चित छौं । यस्तो विषयलाई नयाँ रूप, रङ्ग, शैली र सीप दिई लेखिदिने सुपरि

चित लेखक कृष्णप्रसाद पराजुली धन्यवादका पात्र हुनुहुन्छ । भोलि आउने कुराको

यस्तै अरू बालरचनाले उहाँको यो प्रयत्न अझै प्रौढ र परिपक्व हुँदै जानेछ ।

पीठ

‘चराचुरुङ्गीको कथा–हिमाली डाँफे\’, खष्टा (वाङ्मय विशेषाङ्क)

१०/२५, १९८९ इ०, पृ० ३८१-८२

Leave a Comment