सुनौला तीन कुरा

नेपाली साहित्य जगत्मा बालकका प्रिय कवि तथा कथाकार कृष्णप्रसाद पराजुलीको \’सुनौला तीन कुरा २०४४ मा चौथो संस्करण प्रकाशित भएको छ । लोकजीवनमा पसेर, भिजेर, सेलेर बालबालिका तथा किशोर-किशोरीका इचि अनुकूल पार्दै तिनको मनोबल बढाउने र चरित्रको विकास गर्ने दृष्टिले लेखिएका दुइटा लामा बालोपयोगी कथा यसमा सलित छन्-\’सुनौला तीन कुरा\’ र \’रात गेडीको कथा\’ । ढुङ्गा चलाएर माछा मारेर र धान फलाएर सुखी माझीको निर्वाह चलेक थियो, तर ऊ एक पटक शहर पुगेर आएपछि लाहुरे भेषले सजिएर त्यही हाउभाङ घरमा पनि लिश्ड, डुङ्गा चलाउन छाड्छ, खेत बारी छाड्छ र माछा पनि मार्दैन । मेहनतको नाममा सिन्को भाँच्दैन र उसको जीवनलाई दरिद्रताले पेटं। अन्त्यमा वास्तविकता बुझी उसको मीतद्वारा सुनौला तीन कुरा प्राप्त गर्ने सल्लाह दिएपछि ऊ पुनः डुङ्गा चलाउँछ, खेतमा धानका बाला लहलह मुलाउँछ र प्रशस्त माछा मार्छ । उसको जीवन सदै जान्छ । यिनै कुरा कयामा साह रोचक पाराले देखा- इएको छ । ‘सुनौला तीन कुरा कथा निकै उत्कृष्ट बालकथा हो । नेत्रप्रसाद शर्मा- द्वारा अनुवाद तथा टेकवीर मुखियाद्वारा चित्रादुन भई Three Golden Treasures शीर्षक तथा Parajuli Krishna Prasad नाममा ASIAN Culture Centre for UNESCO द्वारा १९८३३० मा जापानको टोकियोबाट Three Golden Treasures and Other Stories पुस्तकमा अङ्ग्रेजी भाषामा समेत प्रकाशित भएर यो कथा अन्तर्राष्ट्रिय फेटमा पनि पुगिसकेको छ । ‘सात गेडीको कथा’ मा बाबुबामाको सम्पन्नता र पुलपुल्याइबाट अरूलाई कष्ट दिएर आफू विलासी जीवन व्यतीत गर्न चाहने सनकमानको जीवन

छर्लङ्ग्याइएको छ । बिहेकै दिन बेलुका स्वास्नी फूलमायालाई सात लात्ती खुवाउन ठिक्क परेको सनकमान फूलमायाको बत्ति सम्पत्ति कमाउन विदेश हिड्छ, तर भीमफेदीको एउटा छट्टु बनियाँको फेला परेर कथामा हारी नाक्रमा सात गेडी झुन्डाएर खानु सास्ती खाई उसकै घरमा बाँधा बस्छ आखिर मायाको चलाखीले ऊ त्यहाँबाट छुटी घर फर्कन्छ। फेरि पनि सताती खुवाउन खोज्दा फूलमायाबाट उसको भीमफेदीको जीवनबारे पोल खुल्छ र सनक- मान लाजले झुकी माफी माग्छ यो कथा पनि साह रोचक छ र पढ्न बालेपछि छोर्न मन लाग्दैन । यसरी मनुष्य जीवनलाई परिचममा होस्नुपर्ने हुन्छ, अर्काको देखासिकी र पसिनामा निर्भर रही सुखसयलमा जिउन खोज्ने व्यक्ति दुःखको जन्जालमा पर्छ, त्यसैले स्वाभिमानी बनी आफ्नो खुट्टामा आफै उभिन सके जीवन सुखमय बन्छ भन्ने विषयवस्तुमा आधारित यी दुवै बालकथा बालबालिकामा मनोबल बढाउन, चरित्र निर्माण गर्न र उनीहरूलाई नयाँ चेतना दिन तथा स्वावलम्बन भर्न सफल छन् । विषयवस्तुका साथै प्रस्तुतिको मिठास र सरल तथा आकर्षक भाषाको प्रयोग यो कचाका विशेषता हुन् ।

दामोदर ढकाल

सहायक प्राध्यापक, तेहथुम क्याम्पस

परिचय: सुनौला तीन कुरा, २०४५ मा

Leave a Comment