सुनकेस्रा

बालकथा सङ्कलन सचित्र |

रत्न पुस्तक भण्डार, काठमाडौं ।

प्रकाशक

पृष्ठसंख्या : तेस्रो ४० +४ आकार १७x

२७ डबल ।

प्रकाशन २०३५, तेस्रो संस्करण २०४५।

सुनकेस्रा

बालकथा र बालगीत-कवितामा तीन दशकदेखि कलम चलाई ख्याति कमाइसक्नुभएका बालसाहित्यकार (कवि, लेखक, गीतकार) कृष्णप्रसाद पराजुली- ज्यूका कथाहरूमा बालबालिकाको सुलभ शब्दसामर्थ्य र मनोभावको विम्ब प्रति- बिम्बित भएको हुन्छ, बालसुलभ आकांक्षा र चाहना छिपेको हुन्छ । करीब एक दर्जन बालपुस्तक र दर्जनों फुटकर रचनाहरूका परिधिभित्र समेटिदै कथाकारको बालकथा सङ्कलन सुनकेस्रा पनि बालबालिकाको भावनासँगै मितेरी लाउन पुग्छ । सुनकेस्रा मा पाँचवटा बालोपयोगी कथा समेटिएका छन् – सुनकेस्रा, भाउजूको बुद्धि : देवरको जुक्ति, रिजिङ्गला, अक्कलको चमत्कार र अनौठो जीव । यस सङ्कलनबारे लेखकीय उक्ति छ-\”नानीहरू आजका पालुवा हुन्, भोलिका कोपिला र पसिका फूल । उनीहरूका निम्ति रसिला, मीठा र ज्ञानवर्द्धक कथाहरूको औधी आवश्यकता हुन्छ । सुनकेस्रा त्यसै सन्दर्भमा एउटा नमुना हो।\” नभन्दै यी कुरालाई पुस्तकले निकै अंशमा पूरा गरेको छ । लोककथाका आधार वा बान्कीमा लेखिएर पनि सुनकेस्रा का कथाले सामाजिक विषयलाई राम्ररी छुन सकेका छन् । यी कथाले बालबालिकाको मानसिक विकास र नैतिक बलमा मद्दत पुग्याउने विश्वास गर्न सकिन्छ । सबै कथा बालकका निम्ति चाखलाग्दा र उपयोगी छन् । कालान्तरमा कथाकारबाट यस्ता अरू नवीन सङ्कलनको भरपर्दो आशा राख्नु नेपाली बाल-साहित्यको विकासमा महत्त्वपूर्ण कुरा हुनेछ ।

आनन्दप्रकाश नेपाल

हाल नदेसर, वाराणसी

Leave a Comment