बालकथा सङ्कलन सचित्र
प्रकाशक : साझा प्रकाशन, काठमाडौं ।
पृष्ठसंख्या : ३२, आकार डबल क्राउन ।
प्रकाशन
: २०३० । ( निकै वर्षदेखि
अप्राप्य )
लुका
कुमारी
\’लुकामारी\’ कृष्णप्रसाद पराजुलीको बालकथा सङ्ग्रह हो । यो पुस्तक २०२९-१० मा संसारभरि नै मनाइएको अन्तर्राष्ट्रिय पुस्तकवर्षका क्रममा बाल- साहित्यमा पनि आएको सक्रियता अन्तर्गत साझा प्रकाशनबाट प्रकाशित भएको देखिन्छ । यसभित्र सङ्ग्रह \’अनारमैयाँ\’, \’काकताली\’, \’दुई हात लामो नाक\’, \’भकुल्ले र सखुल्ले\’ अनि \’लच्छिनको बास\’ पाँचवटै कथा आ-आफ्नै छाँटका छन् । यी कथाहरू रमाइला मात्र होइनन्, शिक्षाप्रद हुनाका साथै अक्कल र जुक्तिबुद्धिका कुराले पनि भरिएका छन् । कथामा मुख्र्याइँ र दुश्चरित्रलाई समेत उदाङ्गो पार्ने काम भएको छ । यी कथाले बालकलाई चरित्र निर्माण, पारिवारिक प्रेम तथा सामाजिक हितका कुरामा लाग्न बल दिएका छन् । कथालाई चाखलाग्दो बनाउन हलुका हास्य रसको प्रयोग गर्नु र कवितात्मक शैलीलाई अँगाल्नु पराजुलीज्यूको
विशेषता हो, जुन कुरालाई यसैभित्रका कथाहरूले पनि पुष्टि गरेका छन्, जस्तै-
पैंतीसवटा सेलैमा
बतीस दन्त चपचप
बत्तीसवटा
पकाई
चलाई
खाई
आफूले
थालीमा तीनवटा राखिछ मलाई
( काकताली कथाबाट )
समष्टिमा छोटा-मोठा वाक्य, सरल भाषा-शैलीले सिंगारिएका \’लुकामारी\’ भित्रका कथाहरू पढ्दा बालकहरू लुकामारी खेलेजत्तिकै आनन्द मात्र पाउँदैनन्, प्रचण्ड घाममा चिसो पानी खाएर तृप्त भएको अनुभवसमेत गर्न सक्छन् ।
श्यामकाजी डोटेल
देउपुर, काभ्रे
\’लुकामारी : सफल बालकथा\’, २०४५ भदो