प्रयोगात्मक भाषातत्व

माध्यमिक तहको नयाँ नेपाली व्याकरण

र रचना |

प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं ।

पृष्ठसंख्या : १८० |

प्रकाशन २०३५, अन्य २०३८, २०४७, २०४१,

२०४२, २०४३, २०४४ ( दुई-दुई पल्ट )

२०४५, एघारौं संस्करण २०४६ ।

प्रयोगात्मक

भाषातत्त्व

मूलत: पशैक्षिक प्रयोजनका निमित्त लेखिएको श्री पराजुलीको प्रयोगात्मक भाषातस्व\’ पुस्तकका खास विशेषता हुन्- विषय प्रतिपादनको सरलता, महज बोध गराउने उदाहरणको प्रचुरता र अर्जित ज्ञानको सुदृढीकरणका निमित्त अभ्यासको समावेश । – मोहनराज शर्मा प्रयोगात्मक भाषातत्त्व\’ सजिलो भैकन रसिलो छ, रसिलो भैकन चहकिलो छ । नयाँ परिपाटीमा नेपाली भाषा जगैदेखि दहिलो पार्ने हो भने विद्यालयहरूमा यस्तै पुस्तक पढाइनुपर्छ-भरतराजपन्त । \’प्रयोगात्मक भाषातत्त्व माध्यमिक तहका प्रत्येक विद्यार्थीका निम्ति

उपयुक्त छ । यसले विद्यालयहरूमा समुचित स्थान पाउनु आवश्यक छ। रामजी- प्रसाद शर्मा प्रयोगात्मक भाषातत्त्व विद्यालयका परीक्षाका उत्तीर्ण हुनका निम्ति मात्र होइन, नेपाली भाषा शुद्धसँग बोल्न र लेखनका निम्ति पनि निकै उपयोगी छ । – बालमुकुन्ददेव पाण्डे ।

प्रयोगात्मक भावातत्त्व, गाताको अन्तिम पृष्ठ

कृष्णप्रसाद पराजुली भन्ने नाम नेपाली भाषा, साहित्य, गीत, कविता, व्याकरण र रचनासित सरोकार राख्ने प्रत्येक व्यक्तिको लागि नयाँ होइन । \’राम्रो रचना: मीठो नेपाली\’ का लागि निरन्तर प्रयत्नरत मात्र होइन सामान्य सिद्धान्त नै पुस्तककारमा दिएर सघाउँदै सबै लेखपढ गर्नुपर्नेहरूलाई ठूलो गुन लगाउदै आउनु भएको छ । प्रयोगात्मक भाषातत्त्व\’ लेखेर उहाँले माध्यमिक तहका विद्यार्थीलाई ठोस सहायता गर्नुभएको छ ।… प्रयोगात्क भाषातत्त्व नामअनुसारकै पुस्तक हो । यसमा प्रस्तुत विषय- हरूलाई १६ खण्डमा बाँडेर प्रशस्त उदाहरण, उद्धरण र स्पष्ट व्याख्यासहित प्रस्तुत गरिएको छ ।… स्वर, व्यञ्जनजस्ता प्रारम्भिक विषयदेखि शिल्पप्रयोग, वाग्धारा र उखानको प्रयोग, सारलेखन र विस्तारलेखन अर्को शब्दमा संक्षेपीकरण र विस्तृतीकरण तथा लय र छन्दजस्ता गम्भीर विषयसम्म छोएको छ । माध्यमिक स्तरका परीक्षार्थीहरूका लागि मात्र होइन, माध्यमिक तहको वा आधारभूत नेपाली लेखनको स्तरीय पुस्तकको अपेक्षा गर्ने सबैका लागि यो पुस्तक उत्तिकै उपयोगी छ सरल भाषा, ज्यादै प्रचलित र परिचित उदाहरण तथा स्पष्ट र पर्याप्त व्याख्या यसमा हुनाले यसलाई पढ्न गुरुको पनि अपेक्षा रहन्न । \’प्रयोगात्मक भाषातत्व\’ लाई सावधानीपूर्वक पढ्ने व्यक्ति नेपाली भाषामा राम्रो रचना लेख्न सक्छ, नेपाली भाषामा यस्तो पुस्तक अर्को देखिएको छैन । नयाँ पाठ्यक्रमअनुसार लेखिएका महेन्द्र मालामा व्याकरणलाई व्याकरण के रूपमा नपढाउने र प्रयोगात्मक रूपमा परम्परागत विषयभन्दा धेरै विषय सिकाउने नीति बन्यो र पाठ्यक्रममा विषय सिकाउने समावेश गरिएको छैन । तर परम्परागत अभ्यास, सैद्धान्तिक आधारको अभाव र नयाँ भाषातात्त्विक विश्लेषणशक्तिको कमी आदि कतिपय कारणले हाल विद्यालयस्तरको नेपाली रचनामा अशुद्धि, स्तरहीनता र छाडापन आइरहेको छ भन्ने आलोचना भइरहेको र यौटा स्तरीय भाषातात्त्विक विश्लेषण भएको पुस्तकको अपेक्षा गरिरहेको बखतमा पराजुलीजीले जुन काम गर्नु- भएको छ यसले अभाव र खाँचो टारेको छ । माध्यमिक विद्यालयमा यस्तै पुस्तक- लाई पाठ्यपुस्तक वा सहायकको रूपमा राखिएमा माध्यमिक तहको पढाइलेखाइमा अपेक्षित सुधार हुने आशा लिन सकिन्छ ।

शिसपी

\’पुस्तक चर्चा: प्रयोगात्मक भाषातस्व\’,

शृङ्खला १/१, २०३५, पृ० २०-२१

Leave a Comment