नेपाली व्यावहारिक व्याकरण

व्यवहारमा व्याकरणका नियमका सूत्रहरू लुकेका हुन्छन् । तिनलाई उद्घाटन गरिदिने मात्रै व्याकरणको काम हो । अतएव व्याकरण शब्दको अर्थ नै उद्घाटन गर्ने भन्ने रहेको छ ।“व्यवहारबाट जानेका नियमहरू नै सधैँ सम्झिरहन्छन्, तिनलाई घोक्नुपर्दैन । व्यवहार सत्य हो, नियमको निम्ति नियमलाई रटन्ताम् गर्नु झूटो हो- सत्य कहिल्यै बिसिदैन । श्री कृष्णप्रसाद पराजुली नेपाली भाषा सर्वथा शुद्ध लेखनमा गौरव मान्ने कवि हुनुहुन्छ । विदेशी भाषा रटेर शुद्ध लेख्ने, तर खोइ, नेपाली त म शुद्ध लेख्न जान्दिनँ भनेर आफ्नो भाषालाई उपेक्षा गर्नेहरूमा जातीय गौरव रहँदैन । पराजुली-

जीले यस पुस्तकमा व्याकरणजस्तो नीरस विषयलाई पनि उदाहरण र प्रयोगबाट सरस र सरल बनाउनुभएको छ । यही छोटो-मीठो शैलीले गर्दा यो पुस्तक मलाई नौलो लाग्यो ।

माधवप्रसाद घिमिरे

\’व्यवहार र व्याकरण\’, नेपाली व्यावहारिक व्याकरण

Leave a Comment