नेपाली उखान र गाउँखाने कथा

प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,

काठमाडौं ।

पृष्ठसंख्या १९०+१०, आकार डबल

डिमाई |

प्रकाशन : २०३९ ।

नेपाली

उखान

नेपाली व्याकरण र साहित्यको स्वाध्याय र सृजनाकै निम्ति लागिपर्ने उपप्राध्यापक पराजुलीजीले यस पुस्तकको भूमिका खण्डमा नेपाली उखान र गाउँ- खाने कथाको साङ्गोपाङ्ग अध्ययन प्रस्तुत गर्नुभएको छ । यसबाट लोकसाहित्यको यस फाँटमा काम गर्न जान चाहनेहरूलाई उधारो बाटो र यस फाँटको रमाइलो हेर्न चाहनेलाई शीतल चौतारी तयार हुन गएको छ । यसको प्रयोगखण्डमा उहाँले नेपाली उखान र गाउँखाने कथाको भित्री अर्थ (लक्षणात्मक र व्यञ्जनात्मक अर्थ ) खुलाउनका निम्ति नेपाली साहित्यकारका रचनाबाट र आफ्नै तर्फबाट पनि उपयुक्त प्रयोग प्रस्तुत गर्नुभएको छ । यसबाट नेपाली लोकसाहित्य र लेख्यसाहित्यको सुन्दर सम्मिश्रणद्वारा भाषाको अभिव्यक्ति सामर्थ्य बढाउन ठूलो बल मिल्नेछ । यसरी यो पुस्तक सङ्कलन मात्र नभएर बुद्धि तिखानें र साहित्य सिंगार्ने सुन्दर रचना पनि बन्न गएको छ ।

माधवप्रसाद घिमिरे

उपकुलपति, नेपाल राजकीय प्रजा प्रतिष्ठान

\’प्रकाशकीय\’, नेपाली उखान र गाउँखाने कथा, २०३९

बालसाहित्यको क्षेत्रमा \’रमाइला नानी\’ र भाषा साहित्य र व्याकरण तथा \’पन्ध्र तारा र नेपाली साहित्य\’ का कुशल लेखकका रूपमा सुपरिचित कृष्णप्रसाद पराजुली हाम्रो लोकसाहित्यको क्षेत्रमा कलम चलाउनेहरूमध्ये \’नेपाली उखान र गाउँखाने कथा\’ का एक सङ्कलक, विवेचक तथा व्याख्याताका रूपमा सुविख्यात हुन आइपुग्नुभएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजतजयन्तीको सन्दर्भमा २०३९ सालमा प्रकाशित १९० र ८ पृष्ठको प्रस्तुत कृतिलाई छोटो समयमा तयार पार्नुपरेकाले विषयवस्तुमा कतै घटी-बढी हुन गएको देखिन्छ तापनि सङ्ग्रहणीय पार्न मन्नुभएको छ भन्ने यसको अध्ययनले स्पष्ट पार्छ। लोकसाहित्यको क्षेत्रमा कलम बलाउनेहरूले प्रायः (१) लोकसाहित्यको सङ्कलन गर्नु (२) लोकसाहित्यका विधा- हरुको परिचय दिनु (३) लोकसाहित्यलाई अञ्चल, जिल्ला र जातीय तथा पेसागत आधारमा देखाउन खोज्नु र (४) लोकसाहित्य र संस्कृतिको छिपछिपे चर्चा गर्नुमा नै आफूलाई सीमित राख्ने गरेको पाइन्छ भने श्री पराजुलीले यसभित्र पाइने भुस र गुदीलाई विवेचनाका साथ स्पष्ट रूपमा दर्साउन खोज्नुभएर यस क्षेत्रमा रहन गएको एउटा खट्कँदो अभाव थोरै भए पनि पूर्ति गरिदिनुभएको छ । निश्चय नै लोकसंस्कृति वा लोकसाहित्य भन्दैमा सबै गतिला हुँदैनन् । हाम्रा पाठकलाई सस्ता- खाले ठेलीले प्रभावित गर्न र राष्ट्रोत्थानमा संघाउ पुग्याउन सक्तैनन् । प्रस्तुत कृति \’नेपाली उखान र गाउँखाने कथा\’ मा नै केन्द्रित भएर रचिएको छ तापनि लोक-

साहित्य र संस्कृतिका अन्य पक्ष र विधालाई प्रस्तुत गर्ने सरल शैलीका निम्ति पनि अनुकरणीय बन्न पुगेको छ । सम्भवतः यस क्षेत्रको यस रूपबाट निस्केको यो नै पहिलो पुस्तक हो ।

नवदर्शी

\’नेपाली उखान र गाउँखाने कथा\’ शृङ्खला

५/१, २०३९ मङ्सिर-माघ, पृ० ६०

उखानलाई भाषाको सितन वा चटनी भन्छन् र यसले वाक्चातुर्यलाई सीप र गति प्रदान गरेको हुन्छ । त्यस्तै गाउँखाने कथाहरूले हाम्रा किशोर-किशोरीमा मनोरञ्जनको सम्बल दिनुका साथै उनीहरूको जिज्ञासा र कौतूहललाई बौद्धिकताको सिढी उकाल्नमा सहयोग पुन्याएको हुन्छ। त्यसैले उखान, लोकोक्ति र गाउँखाने कथाको प्रचलन र व्यवहार हरेक जातिले आफ्ना भाषामा परापूर्वकालदेखि गर्दै

आएका हुन्छन् । यस दृष्टिले नेपाली भाषा पनि पछि परेको छैन । तर यसको वैज्ञानिक अध्ययन र अन्वेषण भने हाम्रो यहाँ त्यति हुन सकेको थिएन । यस सम्बन्धमा अवश्य केही सङ्कलन र जानकारी प्रदान गर्ने फाटफुट पुस्तक प्रकाशित भएका छन् तर यसले हाम्रो संस्कृति, परम्परा र स्वरूपको छविलाई कसरी देखाउँदै आएको हुन्छ भन्ने कुरातिर त्यति ध्यान गएको थिएन । त्यतातिर पहिलो चोटि कृष्णप्रसाद पराजुलीको प्रस्तुत अध्ययन \’नेपाली उखान र गाउँखाने कथा\’ ले केही मात्रामा चिनाउने काम गरेको छ । प्रज्ञा प्रतिष्ठानको रजतजयन्तीका उपलक्ष्यमा तयार गरिएको यस पुस्तकले नेपाली उखान र गाउँखाने कथाको विशेषता र आयामको संक्षेपमै भए पनि शृङ्खलाबद्ध अध्ययन गरेर हाम्रो जातीय संस्कृति र स्वभावको अनुसन्धान गर्न चाहने शोधार्थीलाई एउटा नयाँ विषयको ढोका खोलि दिएको छ । पुस्तक दुई खण्डमा विभाजित छ– पहिलो खण्डमा नेपाली उखान र दोस्रो खण्डमा गाउँखाने कथाको अध्ययन गरिएको छ । पहिलो खण्डमा उखानको परिचय दिँदै नेपाली उखानका खास-खास विशेषताहरूलाई औंल्याइएको छ । त्यसपछि नेपाली उखानको वर्गीकरण गर्दै त्यहाँ पाइने समाज र संस्कृतिको अनुशीलन भएको छ । विशेष गरेर यो अध्ययनमा सैद्धान्तिक अनुसरण गर्दै उखानका रूपमा जीवित रहेका हाम्रा युगयुगका अनुभव सारलाई आकलन गर्ने चेष्टा गरिएको छ । यस खण्डको आखिरी शीर्षकमा प्रचलित नेपाली उखानहरूलाई वर्णानुक्रमअनुसार प्रस्तुत गर्दै तिनको अर्थ र उपलब्ध भएसम्म ख्यातिप्राप्त कवि-लेखकहरुले प्रयोग गरेका व्यावहारिक योगहरू प्रस्तुत गरिएका छन् । यस शीर्षकमा लेखकको अध्यवसाय, लगनशीलता र धैर्यको ठूलो साधना भिजेको छ ।

दोस्रो खण्डको गाउँखाने कथाको अध्ययन पनि पहिलो खण्डका उखानक अध्ययनका आधारभूत सीमाभित्र रहेर गरेको देखिन्छ । यसमा पनि छवटा शीर्षक छन् र आखिरी शीर्षकमा वर्णानुक्रमअनुसार प्रचलित गाउँखाने कथाहरूको सङ्कलन तिनका उत्तरसहित दिइएको पाइन्छ। यसरी पहिलो पटक उखान र गाउँखाने

कथाको सुव्यवस्थित अध्ययन गरेर यसका लेखक कृष्णप्रसाद पराजुलीले शोधार्थी- हरूलाई विशेष गरेर मानवशास्त्रका विद्यार्थीहरूलाई नयाँ क्षितिजको ढोका खोलि दिएका छन् । विशेष गरेर उखान र लोककथाहरूमा हाम्रा संस्कृति, परम्परा र मूल्य कसरी प्रतिविम्बित हुँदै आएका छन्, त्यहाँ नयाँ युगयुगका अनुभवलाई सँगा- लिरहेका छन्, जटिल कुराको आश्चर्यजनक समाधान कसरी हुन गएको छ, बाउँठे प्रश्न र अस्पष्टतालाई हटाउने हाजिरजबाफी रूप कसरी प्रस्तुत छ, गहनतम विषयको सहज अभिव्यक्ति कसरी गर्न सकिन्छ र हाम्रा ज्ञानका भण्डारलाई युगौं सम्म कसरी चल्तापुर्जा रूपमा कुँदाइराख्न सकिन्छ आदि कुरालाई पराजुलीको यस अध्ययनले पूर्णता प्राप्त गरिसकेको छैन तापनि यतातिर जिज्ञासु छात्रलाई यसले सम्भावनाको पर्याप्त ढोका उपारिदिएको छ । संक्षेपमा उखान र गाउँखाने कथामा चाख राख्ने शिक्षक, विद्यार्थी अध्येता र शोधार्थीका लागि यो पुस्तक अध्ययनपूर्ण छ ।

ठाकुर पराजुली

\’नवप्रकाशन : नेपाली उखान र गाउँखाने कथा\’,

रूपरेखा २७१, २०४० मसिर, पृ० १ ३

कृष्णप्रसाद पराजुलीको नेपाली उखान र गाउँखाने कथा नामक पुस्तक नेपाली उखानको वर्गीकरणका साथै सैद्धान्तिक अध्ययनका लागि सबैभन्दा महत्त्वपूर्ण कृतिका रूपमा देखा परेको छ। पराजुलीले यस पुस्तकमा नेपाली उखानका पूर्ववर्ती वर्गीकरणका साथै डा०. कन्हैयालाल सहल, शशिशेखर तिवारी, डा० कृष्णदेव उपाध्याय, जॉन क्रिश्चियन र डा० कुन्दनलाल उप्रेतीजस्ता विदेशी विद्वान्हरूका उखानसम्बन्धी वर्गीकरणतिर पनि आँखा लगाएर नेपाली उखानको वर्गीकरण गरेका छन् । उनले शब्दशक्तिमूलक वर्गीकरणका साथ संरचनात्मक तथा विषयात्मक\’ वर्गी- करणलाई पनि ख्याल गरेर उदाहरणका रूपमा केही उखानहरू पनि पेस गरेका छन् ।

जीवेन्द्रदेव गिरी

\’पश्चिमी तराईका थारू उखानहरू : एक अध्ययन\’

रश्मि ४, २०४१ पौष, पृ० ५१

Leave a Comment