जूनतारा

बालकाव्य सचित्र |

प्रकाशक : प्राथमिक शिक्षा परियोजनाका

लागि पाठ्यक्रम पाठ्यपुस्तक

तथा निरीक्षण विकास केन्द्र,

प्राथमिक सामग्री एकाइ

पृष्ठसंख्या : ३२, आकार डबल क्राउन ।

प्रकाशन २०४४, दोस्रो संस्करण २०४५।

\’जूनतारा\’ पद्यरचना हो र बालरचना हो । प्राथमिक शिक्षा परियोजनाका लागि प्राथमिक सामग्री एकाइद्वारा २०४४ सालमा सर्वप्रथम प्रकाशित यस पद्य- रचनाको चित्र रचनाचाहि रत्नबहादुर बज्राचार्यबाट भएको छ । बालकहरूका निमित्त लिखित प्रस्तुत पञ्चरचनालाई विधागत हिसाबले हेर्ने हो भने कविताको मझौला रूप वा खण्डकाव्य भन्न सकिन्छ । यसमा जून र ताराको जीवनको खण्ड विशेष वा एकदेशको चित्रण छ। कथानक नागबेली स्वरूप नलिई सरासर अधि बढेको छ । पात्र सीमित छन् । नेपाली बालसाहित्यमा बालकथा र बाल कविताका तुलनामा बालखण्डकाव्यको स्थिति पछाडिएको पाइन्छ । पराजुलीको यस रचनाले त्यस स्थितिलाई कम गर्न निकै सघाएको छ ।\’जूनतारा\’ बालखण्डकाव्यको उद्देश्य जून र तारा दिदी भाइको कथाका माध्यमले बालकहरूलाई बढी लोभ र असन्तोष गर्नु राम्रो होइन भनेर देखाउनु रहेको पाइन्छ । बाबुआमा नभएका दुहुरा जून र तारा दुःखजिलो गरी जीवन यापन गर्दै थिए। दिदी तारा घर हेर्थी र भाइ जून दाउरा बेचेर पैसा जुटाउँथ्यो । एक दिन पीपलको बोट काट्न लाग्दा पीपलले काट्न दिएन, बरु इच्छा लागेको कुरा माग्न भन्यो । जून केही नभनी घर फक्यों दिदीले तुरुन्त माग्न पठाई। पीपलले जूनले मागेका गोरु र गाडा दियो। गाढाका कारणले कमाइ बढेकाले दुवै दिदी-भाइ सुखसित रहन थाले । तैपनि दिदीले लोभ गरी भाइलाई पीपलसित घरखेत किन्ने धन माग्न पठाई। भाइ इच्छा नहुँदा नहुँदै पनि पनि बडो सोचका साथ गयो । पीपलले आनेकाने नगरी उसको माग पूरा गरिदियो । वास्तवमा लोभको भाँडो कहिल्यै भरिदैन। पीपलका अनुकम्पाले त्यत्रो धनधान्य हुँदा पनि दिदीचाहिंको चित्त बुझेन। उसले गाउँघरका सबै मान्छे आफ्ना नोकर होऊन् भन्ने माग राखी । यस्तो माग लिएर जान भाइ तयार भएन । दिदीले कति सम्झाउँदा घुर्क्याउँदा पनि ऊ मानेन। अन्तमा दिदी स्वयं गई। पीपलले उसको माग तापनि यस कथा-सङ्ग्रहको सन्दर्भमा \’चार बढेरो\’ले चारवटा फूल या कथा गाभि-

टुक्याइदियो । मानिसको हित हुने कुरा मात्र दिन तयार थियो पीपल दिदी, ताराले जिद्दी गरी, पुर्की लगाई र अन्तिममा काट्ने धम्की दिई । तर पीपलले मानेन । त्यो दिन त्यसै बितेकाले भोलिपल्ट सखारै आएर पीपललाई काट्ने अठोट गरेर तारा घर फर्की घर फर्किदा पहिलेको त्यो वैभव अलप भइसकेको थियो । घरका ठाउँमा छाप्रो थियो। तारा पछुताउँदै विलाप गर्न लागी – लोभ गर्दा लाभ भयो, लाभ विलाप भयो- जो पाएको सिरीखुरी पनि सबै गयो । पछि भाइ झलमल जून भएर बस्यो र दिदी रिमरिमे तारा भएर भुइँमा खसी । यसरी यस बालखण्डकाव्यको कथानक टुङ्गिएको छ । यसबाट के छर्लङ्ग हुन्छ भने मानिसमा लोभ नहुने होइन, हुन्छ; असन्तोष नहुने होइन, हुन्छ; तर अति लोभ विनाशकारी नै हुन्छ। ताराका गोरु गाडा, घर, धन सम्पत्तिको चाहना जनहित विपरीत नभएकाले पूरा भएका छन् र तारा र जूनको भलाइ नै भएको छ, तर सम्पूर्ण गाउँलेलाई नोकर बनाउने कुरा जनहित विपरीत चाहना हो । त्यसैले त्यस चाहनाको पूर्ति भएको छैन र बलजफ्ती गर्न खोज्दा पहिले जुटाएको सारा वैभव गुमाउनुपरेको छ । तसर्थ यस बालकाव्यको उद्देश्य बढी लोभ र असन्तोष गर्नु हुँदैन भनेर देखाउनु हो । जून र तारा दुई मानव चरित्र हुन् । एउटै बाबुआमाका सन्तान भए पनि चारित्रिक दृष्टिले दुवैमा फरक छ । भाइ जून सोझो र सङ्कोची स्वभावको छ ।

ऊ लोभी र असन्तोषी छैन । तारा नितान्त लोभी र जिद्दी स्वभावकी छे । उसको त्यसै लोभी चरित्रले गर्दा नै सम्पत्ति जुटेको छ र फेरि त्यो गुमेको पनि छ । ताराको पहिलो माग जूनलाई सामान्य लाग्छ । उसले त्यसको प्रतिकार गरेको छैन, तर त्यसपछिका अन्य मागसित ऊ सहमत छैन। दिदीको करकापले दिवश भएको मात्र छ । अन्तिम प्रस्तावलाई उसले कुनै पनि हालतमा स्वीकार्न सकेको छैन । यसबाट ऊ मानवतावादी चरित्रका रूपमा चिनिन्छ । जून आफै श्रम गरेर

आत्मनिर्भर हुनुमा विश्वास गर्छ, माग्नुमा होइन । उसले दिदीलाई सम्झाउँदै भनेको छ– राम्रो ह्वन लोभ गर्नु, असन्तोक गर्नु,

राम्रो ह्वन अरूको नै भर मात्र पर्नु ।

लोभी धेरै भएपछि कैल्यै सुख हुन्न,

पछि धेरै रुनुपर्छ यसैले म जान्नँ ।

भाइका यस्ता अमृत वचनलाई दिदीले अटेर गरेकी हुँदा पछुताउनुपन्यो ।

जे भए पनि आफ्ना कुकर्मप्रति पछुतो छ तारामा । भाइले राम्रो कर्म गरेकोले पछि

ऊ झलमल जून भई बस्यो भने दिदीले नराम्रो कर्म गरेकीले सम्पूर्ण सम्पत्ति अलप

हुनुका साथसाथै पछि रिमरिमे तारा भई झनुंपन्यो। जन सच्चरित्र हो र तारा

दुश्चरित्र । अनुकरणीय चरित्र हो जून। पीपल मानवेतर चरित्र हो । उसको यहाँ

उल्लेख्य भूमिका छ । पीपल मानव नभए पनि उसमा मानवीय व्यक्तित्व आरोपित

छ । त्यसैले ऊ बोल्छ, अर्ती उपदेश दिन्छ, सुखदुःख अनुभव गर्छ। निष्कर्षमा,

पराजुलीको यो रचना आफ्नो उद्देश्यमा सफल छ । यसले पराजुलीको बाल-

●साहित्यमाथिको योगदानलाई अझ खुलस्त पारेको छ । भाषाशैलीको शुद्धता,

सरलता र मिठासले गर्दा यो रचना बालपाठकको मनलाई आकर्षित गर्न सफल

भएको छ ।

                                                                                        कपिल लामिछाने

                                                                                        भैरहवा क्याम्पस

                                                                                        \’जूनतारा : छोटो चिनारी\’, २०४५ कात्तिक

Leave a Comment