(तीन गीतिकाव्य)
संस्करणः पहिलो २०५५, दोस्रो २०५८, तेस्रो २०६०, चौथो २०६१
प्रकाशकः साहित्य सङ्गम, वाराणसी,
पृष्ठसङ्ख्याः ९६,
आकारः डिमाई ।
अबोध बालकका वियोगमा मानिसका हृदयमा जुन भक्कानु फुट्छ त्यो भुक्तभोगी कविताबाट शब्दचित्रमा उत्रिन सक्छ । त्यही असह्य वेदनामा आँसुका थोपा-थोपा अक्षर बनेर यस काव्यमा अङ्कित हुन पुगेका छन् । ….. कविले यस काव्यमा दुःखान्त मनस्थितिमा पनि जीवन र जगत्लाई आत्मसात् गर्दै संसार फुलेको हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् ।
—माधव घिमिरे
कवि कृष्णप्रसाद पराजुलीद्वारा रचित आँसुकै कथाका रूपमा लेखिएको प्रस्तुत शोककाव्य कथात्मक छ । एउटा बालकको अन्त्यको कथा यसमा समेटिएको छ । यस काव्यमा शोक प्रकारान्तरले प्रकट भएको छ । मृत बालकका बाबुले गरेको बिलौना कविले प्रस्तुत गरेका छन् । यो काव्य लोकलय अर्थात् झ्याउरे छन्दमा रचिएको छ ।
— शैलेन्दुप्रकाश नेपाल, (मधुपर्क ः ३०१, २०५१)
हार्दिक कोमलता, भावको तीव्रता, साङ्गीतिकता र शैलीगत सहजता एवं सुकुमारताका दृष्टिले काव्य निकै प्रशंसनीय छ ।
—घनश्याम क“डेल
संक्षेपमा भन्नुपर्दा प्रस्तुत कृति अत्यन्त कारुणिक, सन्देशप्रद र सामाजिक विषम परिस्थितिलाई छर्लङ्ग पार्ने खालको छ । भाषाका क्षेत्रमा जस्तै काव्यकारितामा पनि लेखक अति उच्च छन् भन्ने यसले स्पष्ट पारेको छ ।
—दुर्गाप्रसाद हुमागाईं (‘गीतिकाव्य सँगालो’, हिमाल ः १०/१७, २०५७ मङ्सिर १६-३०)